कपिलवस्तुका दुई जना पत्रकारमा कोरोना संक्रमण

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

कपिलवस्तुमा शुक्रबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण थपिएका मध्ये २ जना जिल्लाका पत्रकार रहेका छन ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार ६ जना भारतबाट लुकीछिपी आएका, २ जना पत्रकार र एक जना बालिका रहेका छन् ।


Advertisement

बाणगंगा नगरपालिका वडा नम्बर ४, ५, ७, ८ र १० नम्बर वडाका ५ जना मायादेवी गाउँपालिका वडा नम्बर ४ र ५ का ३  जना र कपिलवस्तु नगरपालिकाका १ जनामा संक्रमण देखिएको नेपालीले जानकारी दिए ।

उनीहरुलाई कहाँ राख्ने भन्ने छलफल भइरहेको छ । प्रदेश पाँचमा बाँकेमा १ सय १, बर्दियामा ३, कपिलवस्तुमा ६९, रुपन्देहीमा २९ पश्चिम नवलपरासीमा ५ गुल्मीमा १, दाङमा ५ जनामा संक्रमण देखिएको छ ।


Advertisement

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्