कोरोनाभाइरस चीनबाट आएको हो, अमेरिकाले यसलाई हलुका रूपमा लिँदैन : ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार चीनविरुद्ध पुनः शाब्दिक आक्रमण गरेका छन् । ज्यानमारा कोरोनाभाइरस चीनबाट आएको र अमेरिकाले यसलाई हलुका रूपमा नलिने उनले बताए । 

‘यो चीनबाट आएको हो । हामी यसप्रति खुशी छैनौं । हामीले व्यापार सम्झौता भएको केही समयपछि नै यो आयो । हामी यसलाई हलुका रूपमा लिँदैनौं,’ ट्रम्पले मिशिगन काला जातिका नेताहरूसँग कुराकानी गर्दै भने । 


Advertisement

चीनले कोरोनाभाइरसको विस्तार रोक्न नसकेको भन्दै ट्रम्पले कैयौं हप्तादेखि चीनमाथिका आक्रमण जारी राखेका छन् । बिहीवारसम्म ९४ हजारभन्दा बढी अमेरिकीको कोरोनाकै कारण मृत्यु भइसकेको छ । 

उनले चीनविरुद्ध कस्तो कदम चाल्ने हो भन्ने विषयमा कुनै संकेत दिएका छैनन् । 


Advertisement

तर उनको दल रिपब्लिकनका सांसदहरूले चीनमाथि कारावाही गर्न उनलाई दबाब दिइरहेका छन् । 

बिहीवार केही रिपब्लिकन सिनेटरहरूले कोभिड–१९ खोप संरक्षण ऐनको विधेयक प्रस्तुत गरेका छन् । अमेरिकाले कोभिडको खोपका विषयमा गरिरहेको अनुसन्धान चोर्न वा त्यसलाई ध्वस्त पार्न चिनियाँ कम्युनिस्ट पार्टीलाई रोक्नका लागि यो विधेयक ल्याइएको उनीहरूको भनाइ छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्