उमेरअनुसार कस्लाई कोरोनाको जोखिम बढी ? यस्तो छ विज्ञको भनाइ

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे

नेपालमा कोरोना संक्रमणको संख्या दिनानुदिन बढिरहेको छ । भारतबाट नेपाल आउनेको संख्या अत्यन्तै ठूलो छ । यो ठूलो संख्याको कारण उनीहरुलाई परीक्षण समेत नगरि, क्वारेन्टाइनमा नराखि आफ्नो थातथलोमा पठाउने काम शुरू भएको छ । यसले गर्दा संक्रमण बढ्ने क्रम जारी रहनेछ । यो अवस्थामा जेष्ठ नागरिक तथा दीर्घऔषधिसेवी घरभित्र समेत आइसोलेसनमा बस्नु जरुरी छ ।
.
कोरोना भाइरसको खोप तथा ठोस औषधि पत्ता नलागेको अवस्थामा जति सकिन्छ सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, भिडभाडमा नजाने तथा साबुनपानीले हात धोइरहने लगायतका सुरक्षाबिधि अपनाउनु आबश्यक छ । १-२ बर्ष हाम्रो जीवनशैली यसै गरेर अघिं बढ्नेछ ।
.
अमेरिका तथा हल्याण्डमा भएको उमेर अनुसारको मृत्युदर, अस्पताल बस्नुपर्ने प्रतिशत तथा आइसीयुमा बस्नुपर्ने प्रतिशत यस्तो छ ।
.
उमेर मृत्युदर अस्पताल बस्नुपर्ने आइसीयु
0-29 - 0.003% - 0.2% 0.02%
30-39 - 0.008% -0.29% -0.06%
40-49 - 0.017%- 0.69% -0.18%
50-54 - 0.058% -1.28% -0.39%
55-59 - 0.145% -1.98%- 0.69%
60-64 - 0.290%- 2.70%- 0.99%
65-69 - 0.757%- 3.52% -1.37%
70-74 - 1.668%- 5.30%- 1.82%
75-79 - 4.433% -8.14% -1.70%
80-85 - 7.836%- 9.11%- 0.50%
.


Advertisement

यदि तपाईं ५० बर्षभन्दा माथि हुनुहुन्छ भने बिशेष सतर्कता अपनाउनु जरुरी हुन्छ । यो उमेरभन्दा बढीका व्यक्तिमा मधुमेह, उच्च रक्तचाप, मुटुको रोग, किड्नीको समस्या, फोक्सोको समस्या,उच्च कोलेस्टेरोल, मोटोपना, भिटामिन डी को कमी, धुम्रपान, मेटाबोलिक सिन्ड्रोम लगायतको समस्या छ भने औषधिले रोग नियन्त्रणमा राख्ने, आबश्यक सप्लिमेन्ट खाने तथा चिकित्सकको निगरानीमा रहनु जरुरी छ ।
.
इम्युनिटी पावर बढाउनको लागि तथा जोखिमबाट बच्नको लागि यी सप्लिमेन्ट आजदेखि नियमित सेवन गर्नुहोला ।
- Vitamin D3 60K हप्ताको १ क्याप्सुल / गोली
- Vitamin C दिनको एक ट्याब्लेट खानापछि दैनिक चुस्ने
- Zinc DT 20mg दिनको १ गोली खानापछि खाने
- गुर्जो, अश्वगन्धा, तुलसी, बेसार, अदुवा, मरिच मिसाएर बनाएको चिया दिनको २ पटक खाने ।
यी सप्लिमेन्ट सस्तो मुल्यमा औषधि पसलहरुमा उपलब्ध छन् । यी सप्लिमेन्ट संसारभर प्रयोग भइरहेका छन् । यी सप्लिमेन्ट सेवन गर्दा शरीरलाई बेफाइदा गर्दैन । निकै फाइदा हुन्छ ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्