बेपत्ता एम्बुलेन्स चालक मृत फेला

प्रतिकात्मक तस्वीर

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोटस्थित कालीगण्डकी नदीमा खसेको एम्बुलेन्सका चालकको शव भेटिएको छ ।

गत आइतवार मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट सुत्केरी लिन बेनीतर्फ आइरहेको ग१झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकी नदीमा खस्दा बेपत्ता भएका थासाङ गाउँपालिका–४ का २१ वर्षीय सुजन विश्वकर्माको शव शुक्रवार साँझ पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा भेटिएको हो ।


Advertisement

बेनपा–९ गलेश्वरको दोभानमा शव देखिएको सूचनाका आधारमा खोजीकार्य गर्दा पर्वतको फर्सेमा भेटिएको नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपमन्त्री सुरत केसीले बताए ।

बेपत्ता चालकको खोजीमा लागेका प्रहरी नायब उपरीक्षक किरण कुँवर सहितको टोलीसमेत घटनास्थलमा पुगेका थिए । मृतक चालकको शव परीक्षण गरी परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्