कोरोनाबाट बच्न प्रधानमन्त्रीले गरे ५ अपिल, यी-यी कुरामा ध्यान दिनुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस कोभिड– १९ विरुद्ध उच्च मनोबल कायम राख्न र घरभित्रै शारीरिक व्यायाम गर्न अपिल गरेका छन् ।

भय र त्रासले कमजोर बनाउने भन्दै उनले उच्च मनोबल कायम राख्न अपिल गरे ।


Advertisement

सोमवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘कोरोनाको औषधि नभएको र यसको खोप पत्ता नलागेसम्म यसलाई नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै आनीबानी र आहार व्यवहारमा आवश्यक शतर्कता अपनाउनु हो ।’

पूर्वजले गहिरो अनुसन्धान गरेर प्रचलनमा अगाडि सारेका औषधीय तत्वले रोगको प्रतिरोध गर्न सहयोग पुर्‍याइरहेको प्रधानमन्त्री ओलीले बताए ।


Advertisement

निरोगी नेपाल निर्माण गर्ने सरकारको लक्ष्य रहेको भन्दै प्रधानमन्त्री ओलीले ५ कुरामा ध्यान दिन अपिल गरे ।

'निरोगी नेपाल निर्माणको लागि पाँच कार्य गर्न आग्रह गर्दछु,' प्रधानमन्त्री ओलीले भने–

पहिलो : यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।

दोस्रो : लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारीरिक र श्वास-प्रश्वासको चुस्तताका लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।

तेस्रो : भाइरस फोहरमा रमाउँछआफ्नो शरीर र वासस्थान दुवैको सरसफाइमा एकदमै ध्यान दिऊँ ।

चौथो : स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छयसमा ध्यान दिऊँ ।

पाँचौं : उच्च मनोबल कायम राखौं । भय र त्रास,चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईंमा कमजोर तुल्याउँछ ।'

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्