प्रम ओलीको सम्बोधनमा डा. भट्टराईको टिप्पणीः देश अब पशुपतिनाथकै भरपर्ने हो?

फाइल फोटो।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमा अहिलेको संकटलाई सम्बोधन गर्ने मूर्त कदम उल्लेख नभएको भन्दै आलोचना भएको छ।

मुलुकमा कोरोना भाइरस तीव्र रुपमा फैलिरहेका बेला प्रम ओलीले सरकारी टेलिभिजन 'नेपाल टेलिभिजन' बाट व्यक्त गरेको धारणमा नीति तथा कार्यक्रममा भएका विषय, सरकारले अब चाल्न सक्ने कदम र वर्तमान अवस्थाको समीक्षा भएपनि तत्काल चालिने नयाँ घोषणा गरेनन्।


Advertisement

उनको यो कदमको मिश्रित प्रतिक्रिया आइरहेका बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले 'देश अब पशुपतिनाथकै भरपर्ने हो’ भन्दै प्रश्न गरेका छन्। 

उनले ट्वीट गर्दै भनेका छन्, ‘आग लाग्यो झोपडी दश घडी भद्रा भने झैं देश कोरोना भाइरस र भोक भाइरसको डढेलोमा फसिसकेको छ। विदेशमा लाखौं श्रमिक अलपत्र छन् तर प्रमको टिभी आश्वासन चाहिं छिटै कुवा खनिदैछ रे । उल्टै गैरजिम्मेदार तत्वले भ्रम छरेका रे। न आफू जान्नु छ न अर्काले भनेको मान्नु छ। देश अब पशुपतिनाथकै भरपर्ने हो।'


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्