एक वर्षसम्म बैठक भत्ता नलिने नारायणकाजीको घोषणा, भन्छन्- सांसद विकास काेष खारेज गराैँ

सत्तासिन नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले  एक  वर्षको राष्ट्रियसभा र समितिको बैठक भत्ता नलिने घोषणा गरेका छन्।

मुलुक काभिड-१९ बाट प्रभावित बनेको र आगामी वर्ष आर्थिक क्षेत्रमा ठूलो चुनौतिको सामना गर्नुपर्ने देखिएका बेला  नेकपा सचिवालय सदस्य समेत रहेका श्रेष्ठले यस्तो घोषणा गरेका हुन्।  


Advertisement

‘यसका लागि सार्वजनिक खर्चमा कटौती, मितव्ययीता,चुहावट र भ्रष्टाचार नियन्त्रण, प्राथमिकताको निर्धारण र पुँजीगत खर्च कार्यान्वयन क्षमतामा बृद्धि जरुरी हुन्छ,’ सोमबार साँझ ट्वीट गर्दै उनले भनेका छन्, ‘यस सन्दर्भमा म १ वर्षको राष्ट्रियसभा र समितिको बैठक भत्ता नलिने घोषणा गर्दछु। संघ र प्रदेशका अन्य मित्रहरुलाई पनि सोच्न अनुरोध छ।’

उनले सांसद विकास कोष भनिने स्थानीय विकास साझेदार कार्यक्रम कम्तिमा आगामी वर्षका लागि खारेज गर्न पनि माग गरेका छन्। उक्त रकम रोजगारी केन्द्रित राष्ट्रिय योजनामा लगानी गर्नुपर्ने उनको भनाइ छ। 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्