नागिन-४ बाट हटिन् रश्मि

कोरोना भाइरसका कारण टीभी र फिल्म उद्योग पूरै ठप्प भएको छ। टीभी सिरियलका दर्शक लकडाउन कहिले खुल्छ र नयाँ सिरियल हेर्न पाइन्छ भनेर कुरिरहेका छन्।

यसैबीच ‘नागिन–४’ की शलाका अर्थात् रश्मि देसाईबारे नयाँ खबर बाहिर आएको छ। खबरअनुसार एकता कपुरको टीभी सो ‘नागिन–४’ बाट अब रश्मिको पत्ता साफ भएको छ।


Advertisement

निया शर्मा र विजेन्द्र कुमेरिया स्टारर यो सोका निर्माताले कलाकारको विषयमा छलफल गरेर नयाँ निर्णय लिएका छन्। यो मिटिङमा लकडाउनपछि हुने सुटिङमा रश्मिलाई नखेलाउने निर्णय लिइएको छ। सोका निर्माताले अब ‘नागिन–४’ को बजेट घटाउन लागेका छन्। लकडाउनका कारण बजारमा असर परेपछि यस्तो निर्णय गरिएको हो किनकि रश्मिको पारि श्रमिक निकै महँगोे छ।

यसैले सोबाट उनलाई हटाउने निर्णय गरिएको हो। अहिले निया र विजेन्द्रबारे भने कुनै नयाँ निर्णय भएको छैन। तर ‘नागिन–४’ का लिड कलाकार निया र विजेन्द्रमाथि पनि खतराको घण्टी भने बजेको छ। ‘बिगबोस– १३’ मा धमाल मच्चाएकी रश्मि टीभीका ती कलाकारमध्येकी एक हुन् जसले धेरै फ्यान फलोअर्स पाएका छन्। अब हेर्नु छ ‘नागिन–४’ बाट रश्मि बाहिरिएपछि सोको टीआरपीमा कस्तो प्रभाव पर्छ? अन्नपूर्ण पोस्टमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्