पश्चिम रुकुम घटना, कानूनको उपहास : विवेकशील दल

विवेकशील नेपाली दलले पश्चिम रुकुममा नवराज विश्वकर्मा र उनका दुई साथीको हत्या भएको घटनाप्रति निन्दा गरेको जनाएको छ। 

प्रहरीका अनुसार सोही घटनामा जोडिएका भेरी नगरपालिका–४ का १८ वर्षे सञ्जु विक, १७ वर्षे गोविन्द शाही र १८ वर्षे लोकेन्द्र सुनार अझै बेपत्ता छन्।


Advertisement

विवेकशीलले बेपत्ताको खोजी कार्य द्रुत गतिमा जारी राख्दै सो घटनाको निष्पक्ष छानबिन र कसूरवार ठहरिएमा दोषीहरूलाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ।

‘कानुनी रूपमा नेपालमा जातीय आधारमा छुवाछुतलाई मुलुकी ऐन, २०२० ले दण्डनीय भनेको छ । कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछुतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ ०६३ मा नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको छ भने संविधानको धारा २४ ले छुवाछुत तथा भेदभाव विरुद्धको हक सुनिश्चित गरेको छ। त्यसको कार्यान्वयन गर्न संसद्ले कानुनको निर्माण पनि गरेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ। 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्