कोरोना प्रतिकार्यमै सरकार केन्द्रित छ:  मुख्यमन्त्री शाही

कर्णालीको प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारमा प्रदेश सरकार केन्द्रित रहेको बताएका छन्। 

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको तेस्रो बैठकमा मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले विश्वव्यापी संकटका रुपमा देखिएको कोरोनाबाट कर्णाली पनि अछुतो नरहेको बताए। उनले नागरिकहरुको जीवन रक्षाका निम्ति जनशक्ति परिचालन र स्वास्थ्यका तत्काल आवश्यक संरचना निर्माण गरिएको जनाए। ‘प्रदेशभित्र हालसम्म ५३१ स्थानका क्वारेन्टाइनमा १५ हजार १३५ बेड छन्,’ मुख्यमन्त्री शाहीले भने, ‘आइसोलेसन वेड ३९३, आइसियु ४० र १३ वटा भेन्टिलेटर प्रबन्ध गरिएको छ।’


Advertisement

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश अस्पताल र चौरजहारी सामुदायिक अस्पताललाई विशिष्टिकृत अस्पतालको रूपमा आवश्यक स्वास्थ्य सामग्री, उपकरण र जनशक्ति व्यवस्था गर्न बजेट उपलब्ध गराईएको जनाउँदै उनले जिल्ला अस्पतालहरुको समेत क्षमता बढाई राख्न बजेट पठाई तयारी गर्न लगाइएको जनाए। उनले अगाडि भने, ‘जुम्ला र सुर्खेतका ठूलो मात्रामा नमूना परीक्षण गर्न मिल्ने आरडीटी पीसीआर मेसिन लकडाउनकै बीचमा प्रबन्ध गरिएको छ । हालसम्म कर्णालीमा पाँच हजार ९९७ जनाको पीसीआर र १० हजार ५८ जनाको आरडीटी परीक्षण सम्पन्न गरेका छौँ।’

प्रदेश भित्रका ७१८ वटा वडाहरूमा प्रत्येक वडाबाट १० जनाका दरले सम्भावित जोखिममा रहेका व्यक्तिहरूको स्वाब सङ्कलन गर्ने क्रममा साविकको कर्णालीका जिल्लाको बाँकी रहेको बताउँदै उनले हाल भारतबाट आउने क्वारेन्टाइनमा राख्न सकिए मात्र कर्णाली प्रदेश सुरक्षित हुन सक्ने विचार व्यक्त गरे। यसमा नागरिक तहदेखि सबै सरोकारवालाहरु सहयोग गर्न उनले अपिल गरे। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्