'बीच बाटोमा अलपत्रले भन्छन्– हामी बाँचे पो विकास देखौंला, नबाँचे विकासलाई धिक्कार !’

नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले सांसद विकास कोषको रकम जनताको स्वास्थ्यमा खर्च गर्न माग गरेकी छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले भनिन्– ‘बीच बाटोमा अलपत्र परेकाले सोध्छन् हामीलाई कहिले उद्धार गर्ने हो ? हामी सरकारलाई सोध्छौं, परीक्षण गर्ने कीट र क्वारेन्टाइन अभाव छ, भन्छ ।’


Advertisement

‘जनताले फेरि सोध्छन्, ‘सांसद कोष केमा खर्च हुन्छ ? हामी भन्छौं, विकासमा हुन्छ । उनीहरूले भन्छन्, हामी बाँचे पो विकास देखौंला, हामी नबाँचे तपाईंले गरेका विकास धिक्कार हुनेछ,’ उनले भनिन् ।  

सांसद शाहीले विकास निर्माण गर्ने पाटोको अनुगमन गर्ने जिम्मा सांसदलाई दिन माग गर्दै भनिन्, ‘सांसदले कोष चलाउने होइन, होश चलाउने बेला हो ।’ 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्