संविधान संशोधन विधेयक टेबुल नभएकोमा कांग्रेस प्रवक्ता शर्माको आपत्ति !

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको नयाँ नक्सा अनुसार निसान छाप अद्यावधिक गर्न ल्याएको विधेयक टेबुल नभएकोमा आपत्ति जनाएका छन् ।

बुधवारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राखिएको विधेयक टेबुल गर्ने बुँदा अन्तिम समयमा हटाइएको थियो ।


Advertisement

‘प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने, फिर्ता गर्दा दोष लगाउने ?’ सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले आक्रोश पोखेका छन्, ‘कसले गर्दैछ यो षड्यन्त्र ?’

उनले ट्वीटरमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रक्रिया सुचारु गर्न आग्रहसमेत गरेका छन् ।


Advertisement

‘प्रक्रिया सुचारु गर्नुहोस्, ‘उनले भनेका छन्, ‘केन्द्रीय समितिको बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र संशोधनका पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दिइसकेका छौं l यसमा हामी चट्टानी रुपले दृढ छौं र रहन्छौं l’

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्