पिसिआर विधिलाई व्यापक बनाउन सरकारलाई निर्देशन

प्रतिकार्यात्मक तस्वीर।

संघीय संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिले कोभिड–१९ को परीक्षणका लागि आरडिटी विधि प्रभावकारी नदेखिएको भन्दै सो विधिलाई तत्काल न्यू्नीकरण गरी पिसिआर विधिलाई व्यापक बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ। 

समितिको शनिबारको बैठकले नेपाल–भारत सीमाका सबै जिल्ला सदरमुकाम तथा स्थानीय तहमा रहेका क्वारेन्टिनलाई अझै व्यवस्थित गर्न र पिसिआर परीक्षणको सङ्ख्या बढाउनका लागि तत्काल आर्थिक प्याकेज घोषणा गर्नसमेत मन्त्रालयलाई निर्देशन दिएको समितिका सदस्य दीपकप्रकाश भट्टले जानकारी दिए।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्