लकडाउन जेठ ३२ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

फाइल फोटो।

सरकारले जारी लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्काे शनिबारकाे बैठकले काेराेना भाइरस राेकथामका लागि चैत ११ गतेदेखि जारी लकडाउनलाई जेठ ३२ गतेसम्म निरन्तरता दिने निर्णय गरेकाे हाे। पछिल्लाे समय जेठ २० गतेसम्मका लागि  लकडाउन कायम भएकाेमा सरकारले फेरि लम्ब्याएकाे हाे।


Advertisement

काेराेना भाइरस नियन्त्रण तथा राेकथाम उच्चस्तरीय समन्वय समितिले लकडाउनकाे माेडालिटी तय गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए।

यसैगरी सरकारले अन्तर्राष्ट्रिय सीमामा असार १६ सम्म आवागमन रोक्ने निर्णय गरेकाे छ।  यसअघि सीमानाका जेठ १८ गतेसम्मका लागि बन्द गरिएकाे थियाे।  अहिले भारतबाट स्वदेश फर्कने र नेपालमा रहेका भारतीय पनि फर्किरहेका छन्। उनीहरुलाई  विश्व स्वास्थ्य संगठनकाे मापदण्डमा रहेर सीमावारपार गराइने खतिवडाले जनाए।


Advertisement

नेपालमा हालसम्म काेराेना संक्रमितकाे संख्या १ हजार ४ सय १ पुगेकाे छ भने ७ जनाको मृत्यु भइसकेको छ। २ सय १९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्