अन्तर्राष्ट्रिय सीमामा असार १६ सम्म आवागमन रोक्ने सरकारको निर्णय

 सरकारले अन्तर्राष्ट्रिय सीमामा असार १६ सम्म आवागमन रोक्ने निर्णय गरेकाे छ।

शनिबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले सीमानाकामा हुने आवागमन राेक्ने गत यसअघिकाे निर्णयलाई लम्ब्याएकाे अर्थमन्त्री समेत रहेका सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए। यसअघि सीमानाका जेठ १८ गतेसम्मका लागि बन्द गरिएकाे थियाे। 


Advertisement

अहिले भारतबाट स्वदेश फर्कने र नेपालमा रहेका भारतीय पनि फर्किरहेका छन्। उनीहरुलाई  विश्व स्वास्थ्य संगठनकाे मापदण्डमा रहेर सीमावारपार गराइने खतिवडाले जनाए।

 


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्