संसद्काे भाेलिकाे सम्भावित कार्यसूचीमा संविधान संशाेधन विधेयक

file photo

नयाँ नक्सा अनुसार संविधानको अनुसूचीमा रहेको नेपालको निशान छाप बदल्नको लागि सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयक संसदकाे आइतबारकाे सम्भावित कार्यसूचीमा राखिएकाे छ।

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेटी सरकारले गत जेठ ५ गते नयाँ नक्सा प्रकाशित गरेपछि निशान छाप बदल्न संविधान संशाेधन आवश्यक छ। त्यसका लागि प्रतिनिधि सभाले यसअघि जेठ १४ गतेका तय गरेको उक्त विधेयक टेबुल गर्ने कार्यसूची अन्तिम समयमा आएर हटाएको थियाे।


Advertisement

संघीय संसद सचिवालयले फेरि आइतबारका लागि सम्भावित कार्यसूचीमा संशाेधन विधेयक राखेकाे छ। 

कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक २०७७ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ । यस्तै उनले संविधानको दोस्रो संशोधन विधेयक २०७७ पेश गर्नेछिन्।


Advertisement

यसबाहेक सम्भवित कार्यसूचीमा वार्षिक अनुमानमाथिको छलफल पनि सुरु हुनेछ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्