प्रतिनिधिसभाको बैठक भाेलि, यी हुन् सम्भावित कार्यसूची

फाइल फोटो।

संसद् सचिवालयले साेमबार बस्ने प्रतिनिधि सभाको अर्को बैठककाे सम्भावित कार्यसूची तय गरेकाे छ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठक साेमबार बिहान ११ बजे बस्नेछ।


Advertisement

संसद् सचिवालयले जनाए अनुसार साेमबारकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको सरकारको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन' पेश गर्ने कार्यसूची छ।

त्यस्तै, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले 'महिला तथा सामाजिक समितिको बार्षिक प्रतिवेदन, २०७७' पेश गर्नेछन् भने अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन्। 


Advertisement

कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले 'केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र त्यसपछि विधेयक प्रस्तु गर्ने कार्यसूची छ। 

अर्थमन्त्री खतिवडाले 'विनियोजन विधेयक, २०७७' प्रस्तुत गर्ने, 'राष्ट्र ऋण उठाउने विधेयक, २०७७' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसपछि  विधेयक प्रस्तुत, गर्ने, 'ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक, २०७७' लाई प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक प्रस्तु गर्ने कार्यसूची छ। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्