लकडाउन लम्ब्याउन संसदको अनुमति पर्खंदै स्पेनी प्रधानमन्त्री

स्पेनी प्रधानमन्त्री पेद्रो साञ्चेजले लकडाउन लम्ब्याउन संसदसँग अनुमति मागेका छन्।

स्पेनमा कोरोना भाइरसको सङ्क्रमण तुलनात्मक रूपमा पहिलेभन्दा कम भए पनि अझै पूर्ण नियन्त्रणमा आइ नसकेको भन्दै उनले आगामी जुन २१ गतेसम्म लकडाउनलाई बढाउन सदनको अनुमति मागेका हुन्।


Advertisement

स्पेनमा जुन ७ मा लकडाउनको अवधि सकिँदैछ। समाजवादी विचार राख्ने प्रधानमन्त्री साञ्चेजले आइतबार पत्रकार सम्मेलनमा आफूले लकडाउनको अवधिलाई अन्तिम पटक दुई हप्ता बढाउन चाहेको बताएका हुन्।

प्रधानमन्त्रीको प्रस्तावमाथि बुधबार संसदले निर्णय दिने अपेक्षा गरिएको छ। संसदमा प्रधानमन्त्रीको गठबनधन अल्पमतमा रहेकोले अन्य दलबाट समर्थन नभएमा प्रस्ताव पास हुन सक्दैन। मध्यवादी सिउदादेअस पार्टीको समर्थन भएमा संसदमा प्रस्ताव पारित हुनेछ।


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्