रुकुम घटनाको निष्पक्ष छानबिनकाे माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा भएको हत्या घटनाको छानबिन गरी दोषीलाई कानूनी कारवाही हुनुपर्ने मागसहित गृहमन्त्री रामबहादुर थापलाई ज्ञापनपत्र बुझाइएको छ।

नेकपाका स्थायी समिति सदस्य छविलाल विश्वकर्मा, पूर्वमन्त्री दलजीत श्रीपाइली र नेपाली कांग्रेसका केन्द्रीय सदस्य  जीवन परियारलगायत नेता तथा अधिकारकर्मीले आइतबार गृहमन्त्री थापासँग भेट गरी रुकुम घटनामा मृत्युवरण गरेका युवालाई सांस्कृतिक रुपान्तरण अभियानका शहीद घोषणा गर्नुपर्ने माग गरेका हुन्। 


Advertisement

चौरजहारी –८ सोतीकी एक युवतीसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र  यही जेठ १० गते साथीहरु लिएर केटीका घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरेको पीडित परिवारको आरोप  छ।  नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीका घरमा गएका अन्य पाँचजनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अझै एक जना बेपत्ता छन् । 

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्