अमेरिकामा विरोध प्रदर्शन गरिरहेका मानिसमाथि चलाइयो ट्रक (भिडियो)

अमेरिकाको मिन्नियपोलिसमा प्रदर्शन गरिरहेका हजारौं मानिसलाई किच्ने गरी ट्रक चलाएको भिडियो सार्वजनिक भएको छ । घटनामा कोही पनि गम्भीर घाइते भएका छैनन् । 

काला जातिका पुरुष जर्ज फ्लोयडको मृत्युको घटना तथा प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शन गरिरहेको भीडले इन्टरस्टेट ३५ वेस्ट ब्रिजमा आइतवार साँझ प्रदर्शन गरेको थियो । त्यसक्रममा इन्धन बोकेको एक ट्रक उनीहरू भएतिर द्रुत गतिमा आयो । 


Advertisement

ट्रक हुर्रिंदै आएको देखेपछि मानिसहरू त्रासका कारण भागाभाग गरे । ट्रकले धेरैलाई हिर्काउन लागेको थियो । त्यसको गति घटाउन मानिसहरूले आफ्नो साइकल त्यसतिर फाले । 

ट्रक रोकिएपछि भीड चालक भएतिर गयो अनि उनलाई बाहिर निकालेर पिट्यो । विरोधकर्ताहरूले ट्रकको अगाडिपट्टिको शीशा फुटाए । 


Advertisement

कुनै पनि विरोधकर्तालाई चोट नलागेको देखिएको अधिकारीहरूले बताए । तर मिन्नेसोटा राज्यको गश्ती प्रहरीले एक ट्वीट गर्दै ट्रक जानाजान भीडतिर चलाइएको बतायो । चालकलाई चोट लागेको र अस्पताल लगिएको तर ज्यानै जाने किसिमको घाउ नभएको गश्तीले बतायो । 

मिन्नेसोटाका गभर्नर टिम वाल्जले ती चालकलाई अस्पतालमा छुट्टी दिइएको र प्रहरी हिरासतमा राखिएको जानकारी पछि दिए । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्