भीम अस्पतालका सबै २५ बिरामी कोरोना जितेर ‘डिस्चार्ज’

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचार गराइरहको सबै २५ जना कोरोना संक्रमित बिरामी निको भएर सोमबार बिहान डिस्चार्ज भई घर फर्किएका छन् ।

घर फर्किनेमा रुपन्देहीका १६, कपिलवस्तुुका ५, पश्चिम नवलपरासीका ३ र भारतका १ जना छन् ।


Advertisement

सोमबार बिहान पुुष्पगुुच्छासहित बिदाइ गरिएको अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले जानकारी दिए । निको हुुनेमा ४ वर्षीया बालिका पनि छन् । बिदाइ गर्न प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश सांसद सन्तोष पाण्डेय अस्पताल पुुगेका थिए । 

बिरामीलाई गत वैशाख ३० गते अस्पताल भर्ना गरिएको थियो । भारतीय नागरिकबाहेक अन्य सबै लकडाउनको समयमा भारतबाट लुुकीछिपी आएका हुुन् । ३ हप्ता अस्पताल बसाइमा कोरोनाको कुनै लक्षण नदेखिएको उपाध्यायले बताए । घर जाने बेलामा खुशीले नाचेका थिए ।


Advertisement

आइतवार बुुटवलको कोरोना विशेष अस्पतालबाट कपिलवस्तुुका ३ र रुपन्देहीका १ जना निको भएर घर फर्किएका थिए । योसँगै प्रदेश ५ मा निको हुुनेको संख्या ७७ पुुगेको छ । प्रदेशमा संक्रमितको संख्या ४५० पुुगेको छ । 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्