सेना परिचालन गरिएकोमा अमरेश सिंहको आपत्ति : लोकतन्त्रको हत्या हुँदा हामी टुलुटुलु हेर्ने ?

फाइल फोटो

नेपाली कांग्रेसका सांसद अमेरशकुमार सिंहले कोरोना नियन्त्रणमा सेना परिचालन गरिएकोमा आपत्ति जनाएका छन् । उनले यसबारे सदनमा छलफल गर्न माग गरे । 

सोमवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा अमरेशले सरकारको कमजोरीले सेनाको बुटले जनतालाई दबाएर लोकतन्त्रको हत्या गर्न खोजेको आरोप लगाए ।


Advertisement

‘सभामुख महोदय, हामी कस्तो लोकतन्त्रको एक्ससाइज गरेका छौं, लोकतन्त्रको मन्दिरमा यो प्रश्न उठाउन चाहन्छु, हामी टुलुटुलु हेर्ने हो कि ? सन्दर्भ विपत व्यवस्थापनको काम गृह मन्त्रालयको हो । नेपाली सेनाको होइन, रक्षा मन्त्रालयले गर्ने होइन,’ उनले भने, ‘तर सरकारका कमजोरी नेपाली सेनाको बुटले दबाउन चाहन्छ भने लोकतन्त्रको हत्या हुन जानेछ । त्यसको बारेमा छलफल होस्, कोरोनामा सेना परिचालन गर्न जरुरी छैन, दुनियको कुनै मुलुकमा सेना परिचालन गरिएको छैन ।’

कोरोना नियन्त्रण बाहिर जान लागेको ठाउँमा सरकारले सेनालाई जिम्मा दिएको थियो । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्