कोरोना संक्रमित १८ सय नाघ्दा २ सय २१ जना निको भएर घर फर्किए

प्रतिकार्यात्मक तस्वीर।

नेपालमा कोरोना संक्रमितको संख्या १८ सय नाघ्दा निको भएर घर फर्कनेहरु पनि बढिरहेका छन्।

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार साँझसम्म संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ। 


Advertisement

र, हालसम्म उपचार पछि निको भएर घर फर्कनेको संख्या पनि २ सय २१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

उनका अनुसार सोमबार डडेल्धुरा अस्पतालबाट एक २८ वर्षीय संक्रमित युवक उपचारपछि निको भएर घर फर्किएका छन्।  उनी १० दिनमा डिस्चार्ज भएका हुन्।


Advertisement

डिस्चार्ज भएका २ सय २१ मध्ये १ सय ७३ जना पुरुष छन्। बाँकी ४८ जना महिला छन् । अहिलसम्म ७१ हजार ९०३ जनामा पीसीआर र एक लाख १३ हजार ७५७ जनामा आरडीटी विधिबाट परीक्षण गरिएको छ। हालसम्म ५९ जिल्लामा कोरोना फैलिएको छ। 

 गत माघ ९ गते पहिलो पटक वुहानबाट आएका एक युवामा सङ्क्रमण देखिएसँगै अहिले सङ्क्रमित १८ सय नाघेको हो। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्