अमेरिकामा प्रहरी अधिकारीहरूले घुँडा टेकेर मागे माफी

अमेरिकाको मिन्नेसोटामा प्रहरी नियन्त्रणमा मारिएका काला जातिका पुरुष जर्ज फ्लोयडको न्यायका लागि हिंस्रक प्रदर्शन भइरहेका छन् । 

फ्लोरिडाको मायामीमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरू सडकमा आउँदा प्रहरी अधिकारीहरूले घुँडा टेके । प्रदर्शनकारीहरूमाथि बल प्रयोग नगरी काला जातिका मानिसको मृत्युका लागि उनीहरूले माफी मागे । उनीहरूको त्यस्तो व्यवहार देखेपछि मानिसहरूको आक्रोश शान्त भयो र उनीहरूले रुँदै प्रहरीसँग अँगालो हाले ।


Advertisement

अन्य ठाउँमा चाहिँ हिंसात्मक प्रदर्शन जारी रहे । ह्वाइट हाउस नजिकै प्रदर्शनकारीहरूले बीच सडकमा आगजनी गरे । केहीले नजिकैको भवनमा रहेको अमेरिकी झण्डा निकालेर डढाए । 


Advertisement

अमेरिकाका ठूला शहरमा प्रदर्शन रोक्न कर्फ्यु लगाइएको छ । नेसनल गार्डका लगभग पाँच हजार सैनिक र एयरम्यानलाई १५ राज्य तथा वाशिङटन डीसीमा तैनाथ गरिएको छ । 

प्रदर्शन युरोपतिर पनि भएका छन् । हजारौं मानिस लन्डनको ट्राफलगर स्क्वेयरमा भेला भएर प्रदर्शन गरे ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्