नारायणी अस्पतालमा ओपीडी सेवा शुरू

वीरगञ्जको नारायणी अस्पतालमा बहिरङ्ग सेवा शुरू भएपछि सर्वसाधारण खुशी भएका छन् ।

अस्पतालमा भर्ना भएका ७१ जना कोरोना संक्रमित निको भई घर फिर्ता भएपछि अस्पताललाई संक्रमण मुक्त गरी डायलायसिस, इमर्जेन्सीसहित मंगलवारदेखि बहिरङ्ग सेवा शुरू गरिएको हो ।  


Advertisement

अस्पतालमा आउने बिरामीलाई सामाजिक दूरी कामय राख्दै सेवा लिने व्यवस्था अस्पताल प्रशासनले मिलाएको छ । पहिलो दिनमा २५/२५ जना बिरामीको स्वास्थ्य उपचारबाट मेडिकल, गाइनो, अर्थोलगायतका ओपिडबाट शुरुवात गरिएको छ भने बिरामी भर्नालाई अहिले रोकिएको अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनले अस्पतालको केही क्षेत्र अहिले पनि संक्रमण मुक्त गरी पीसीआर परीक्षण गर्न बाँकी भएकाले बिरामी भर्ना नगरिएको बताए । 

कोभिड संक्रमित राखिएका क्षेत्रको परीक्षण सम्पन्न भएलगत्तै बिरामी भर्ना तथा शल्याक्रिया सेवासमेत शुरू गरिने उनले जानकारी दिए ।


Advertisement

अस्थायी कोभिड उपचार केन्द्रमा अस्पताललाई परिणत  गर्दै अन्य उपचार सेवा बन्द भएपछि सेवाग्राही मारमा परेका थिए । अस्पतालले ओपीड सेवा शुरू गरेपछि यसको लाभ गरीब जनताले पाउने नागरिक समाजका अगुवा नेजामुद्दिन समानीले जानकारी दिए । उनले गरीबको उपचार हुने मुख्य थलोका रुपमा रहेको  अस्पताललाई संक्रमण मुक्त गरी बाँकी उपचार सेवा चाँडोभन्दा चाँडो सञ्चालन गर्न अस्पताल प्रशासनसँग अनुरोध गरे ।

बारा, पर्सा, रौतहट, सर्लाहीलगायत सिमावर्ती भारतीय शहरबाट दैनिक १ हजार २०० भन्दा बढी बिरामी उपचारका लागि नारायणी अस्पतालमै आउने गरेका छन् । 

कमेन्ट गर्नुहोस्