फाेनपेले पायो पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड

फाेनपे पेमेन्ट सर्विस लिमिटेडले पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड पाएको छ। नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त यस कम्पनीले ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भि थ्रिटुवान प्रमाणीकरण प्राप्त गरेको जनाइएको छ।

फाेनपे, सूचना तथा सञ्चार शाखाका अनुसार यससँगै कम्पनीको पूरा प्लाटफर्म पिसिआई डिएसएस मान्यता प्राप्त सेवा प्रदायकको उपलब्धी हासिल गरेको छ। यस प्रमाणीकरणले फोनपेको दायरा अन्तरगत गरिएका सबै कारोबार सुरक्षित रहकोे र  भुक्तानगर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्ने दाबी गरिएको छ। 


Advertisement

भुक्तान कार्ड उद्योग डाटा सुरक्षा मापदण्ड भुक्तान कार्ड  उद्योग सुरक्षा मापदण्ड काउन्सिलद्वारा अवलम्बन गरिएको अनिवार्य मापदण्डको सेट हो। जहाँ कम्पनीले पीसीआइद्वारा उल्लेख गरिएका मापदण्ड पूरा गर्नुपर्छ। यसले डाटाको भण्डारण,प्रक्रिया तथा डाटाको सुरक्षा गर्दछ भने भुक्तानीमा हुने धोकाधडी अर्थात् फ्रड कार्यलाई रोक्छ।

 फाेनपेका प्रमुख टेक्निकल अफिसर दिवस सापकोटाले भने, ‘फोनपे नेपालमा यस किसिमको प्रमाणिकरण प्राप्तगर्ने गैरकार्ड आधारित पहिलो पिएसओ हो। यसले पीसीआइ डिएसएस अनुपालन गर्नका लागि आफैँले आफैँलाई प्रश्नावली गर्दै आफ्नो पूर्वाधारमा थप लगानी गर्न सक्षम बनाउँछ। यसबाट ग्राहकको डाटा सुरक्षा हुनुका साथै  डाटा उलंघनको जोखिमलाई हटाउँछ र कुनै पनि संदिग्ध उल्लंघनको छानविनको दायरा बढाइ संस्था तथा ग्राहकको वीत्तिय क्षतिको जोखिम हटाउँछ।’ 


Advertisement

सीसा विश्वव्यापीका संस्थापक तथा सिइओ धर्सन शान्तमुर्तिले भने,‘फाेनपेले अब डाटा सुरक्षा गर्न र जोखिम न्यूनिकरण गर्नका लागि आधार खडा गरेको छ। जब संस्था आफ्नो समय र लगानी यस किसिमका क्षेत्रका लागी खर्च गर्छन्, हामी बझ्दछौँ की उनीहरुले आफ्नो ग्राहकको डाटा सुरक्षाका लागि कति महत्व दिन्छन् । पीसीआई डिएसएस प्रमाणीकरणको साथ कम्पनीले ग्राहकका भुक्तानी वातावरण सुरक्षित राख्न सबै आवश्वक प्रविधिका उच्च सुरक्षा सुनिश्चित गरेको छ ।’ 

 फोनपे नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्था, एक लाख ४० हजार मर्चेन्ट रहेका छन् भने ११ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता यससँग जाेडिएकाे जनाइएकाे छ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्