क्वारेन्टीन सञ्चालन र व्यवस्थापनमा सेना परिचालन गर्ने निर्णय

कोभिड–१९ को संक्रक्रमण रोकथाम र नियन्त्रणका लागि झापाको कचनकबल गाउँपालिकामा नेपाली सेना परिचालन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बिहीवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले सबैभन्दा बढी कोरोना संक्रमित भएको सो गाउँपालिकामा नेपाली सेना परिचालनको निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।


Advertisement

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा सम्पन्न बैठकको निर्णयको ३ नम्बर बुँदा क्वारेन्टीनको सञ्चालन र व्यवस्थापन कार्यमा थप सहयोगका लागि नेपाली सेनाको अस्थायी पोस्ट तैनाथ गरिने उल्लेख छ ।

हाल सो गाउँपालिकामा १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्