काठमाडौंको कुलेश्वरमा भासियो ट्रक

काठमाडौं– काठमाडौंको कुलेश्वरमा मेलम्ची खानेपानी आयोजनाले खनेको खाल्डोमा एउटा ट्रक भासिएको छ । 

ना ५ ख ५६६ नम्बरको ट्रक उपत्याका बाहिरबाट खाद्यान्न लिएर आएको थियो । आयोजनाले खनेर कमजोर अवस्थामा छोडेका कारण ट्रक भासिएको हो । 


Advertisement

पछिल्लो समयमा खानेपानी तथा विद्युतको लाइन विस्तारका क्रममा  खनेकोे सडकलाई व्यवस्थित र बलियो बनाउनु भन्दा पनि काम चलाउ बनाउने प्रवृत्तिले दुर्घटना बढेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्