×

Nic Asia
Marvel

कोरोना भाइरसले विज्ञापन बजारबाट चल्ने संसारभरका मिडियाको भविष्य अन्धकारयुक्त सुरुङमा धकेलिदिएपछि सायद मिडिया सञ्चालकहरू यतिबेला जीवनकै सर्वाधिक छट्पटीमा छन् । उनीहरूको सातो उडेको हुनुपर्छ ।

IME BANK INNEWS
morang Auto yamaha

विगत ४ वर्षदेखि झण्डै ४० जनालाई रोजगारी दिने मध्यम स्तरको मिडिया चलाइरहेको यो लेखक अपवाद छैन । त्यसैले विगत डेढ महिनायता लेखकले ‘मिडिया बिजनेश स्ट्राटेजी’का थुप्रै राष्ट्रिय/अन्तर्राष्ट्रिय बैठक र बहसमा बाक्लो सहभागिता जनाएको छ ।


Advertisment
NMB BANK
Saurya island

यसैक्रममा केहीअघि एउटा महत्त्वपूर्ण प्रस्तुतिका क्रममा लेखकले एउटा शब्द प्रयोग गर्‍यो – विश्व अर्थतन्त्रमाथि ‘भवितव्य’ आइलाग्यो । अब हामीले नयाँ तरिकाले सोच्नै पर्छ ।

‘भवितव्य’ शब्दप्रति उपस्थित एक महानुभावले तत्कालै विमति जनाए । ‘त्यो शब्द चयन उपयुक्त भएन,’ उनको भनाइ थियो । म चाहिँ केहीबेर ट्वाँ परें । ‘सिंगो विश्व अर्थतन्त्र थिलोथिलो भइसक्दा यसलाई भवितव्य नभनेर के भन्नुपथ्र्यो ?’ मनमनै आफैंलाई प्रश्न गर्दै थिएँ ।

Vianet communication
Maruti inside

लगत्तै ती महानुभाव बोले, ‘म तपाईंको शब्दलाई ‘करेक्ट’ गरुँ ?’ मैले ‘हुन्छ’ भन्ने भावमा टाउको हल्लाएपछि उनले भने, ‘भवितव्य होइन, ‘प्रलय’ भन्नुहोस्’ ।

अरे वाह ! मेरो अशान्त मन तत्काल ‘कूल’ भयो । जवाफ फर्काएँ, ‘अग्री विथ् यू । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा भवितव्य होइन, प्रलय नै भएको छ । सहभागीले ताली पिटे । सबै एकमत भए ।’

... ...

यतिबेला संसारका कहिल्यै बन्द नभएका र संसारको कुनै पनि शक्तिले केही दिनभन्दा बढी असर वा बन्द गर्न नसक्ने ठूल्ठूला उद्योगधन्दा, कलकारखाना महिनौंदेखि बन्द छन् । संसारका सबैभन्दा बढी व्यस्त रहने एयरपोर्टहरू पूर्णरुपमा ठप्प छन् । दिनमा लाखौं सवारीसाधन गुड्ने संसारका अति भव्य र व्यस्त राजमार्गहरू सुनसान छन् । दैनिक हजारौं, लाखौं पर्यटक घुम्ने पर्यटकीय स्थल र व्यस्त शहरहरू शान्त छन् । होटल, रेस्टुरेन्ट, सपिङ मलमा मुर्दा शान्ति छाएजस्तै भएको छ । के यसरी जीवन चल्छ ?

चिनी पनि धेरै खायो भने तीतो हुन्छ भन्ने नेपाली उखान छ । यसको अर्थ कुनै चिज अति भएपछि त्यसको महत्त्व क्रमशः घट्दै जान्छ भन्ने हो । कोरोना भाइरसको हालत पनि त्यस्तै हुन लागेको छ । अति भएपछि मानिसले अब कोरोनालाई सामान्य रुपमा लिने अवस्था देखिँदैछ ।

चीनमा कोरोना देखियो भन्ने समाचार आउँदा मानिसले शुरूमा खासै ध्यान दिएनन् । जब यो संसारका थुप्रै देशमा भूसको आगोसरि फैलन थाल्यो र मानिसलाई भकाभक ढलाउन थाल्यो, तब यससँग तर्सिन थालेका मानिसहरू फेरि ‘अब कोरोनासँगै जीउन सिक्नुपर्छ’ भन्ने अवस्थामा आइपुगेका छन् ।

कोरोनाले फलानो देशमा यति मार्‍यो, उति मार्‍यो भनेर व्यापक त्रास, हल्ला र समाचार फैलिए । हाम्रो देशमा सरकारको भर/विश्वास छैन, पशुपतिनाथकै भर छ भन्थे आम नेपाली केहीअघिसम्म । लकडाउन लागू गरेकोमा शुरूमा कसैले विरोध गरेनन् । सरकारको कदम सही छ भन्थे । जब यो लम्बिँदै गयो र मानिस रोगले होइन भोकले मर्नुपर्ने अवस्था आउन थाल्यो, तब मानिस ‘अब कोरोनासँगै बाँच्न सिक्नुपर्छ’ भन्ने अवस्थामा आइपुगेका छन्, नेपालमा मात्र होइन, संसारभर यहीँ अवस्था छ ।

के मानव जातिको अगाडि अव कोरोनासँग बाँच्न सिक्नुको विकल्प छ ? एउटा निश्चित समयपछि यो आफैं हराएर जान्छ भनेर पर्खेर बस्ने वा कोरोनाकैबीच जीवन जिउन सिक्ने ? के कोरोनासँग डराएर जीवन चल्छ ? कुनै चिज छुनै नहुने ? बाहिर निस्कनै नहुने ? कसैसँग बोल्नै नहुने ? देखभेट गर्नै नहुने ? १–२ दिन वा बढीमा १–२ हप्ता त यो सम्भव होला, अनिश्चितकालसम्म यसो गरिरहन सम्भव छ ? यो आलेखमा यी प्रश्न वरपर रहेर मन्थन गर्ने प्रयास गरिएको छ । सबैभन्दा पहिला कोरोना र आम मानिसको दिनचर्याको चर्चा गरौं –

दैनिक गतिविधि, आम मानिस र कोरोना 

सरकारले लकडाउन गर्न लागेको सूचना पाएपछि आममानिसले खाद्यान्नको जोहो गरे । केही हप्तालाई पुग्ने सामान किनेर घर लगे । लकडाउनका कारण परिवारका सबै सदस्य घरमै थन्किए । पहिला ३ जनाले खाना खाने घरमा कम्तिमा ५ जनाले खान थाले (यो अनुमानित आँकडा हो) । किनेको खाद्यान्नले १० दिन धान्यो, मानिलिऔं २० औं दिनसम्म धान्यो तर २१ दिनबाट त मानिस पसल नगई नहुने अवस्था आयो । 

आफैंले रोजेर किन्ने बानी परेका मानिस शुरूशुरूमा सामान छुन डराए । पसलेलाई यो यो हालिदिनुहोस् भने । पसलेले सामान छानिदिँदा बासी, सडेगलेको वा आंशिक बिग्रेको पर्न सक्ने भयो । आफैंले छानेर नकिनिकन चित्त नबुझेपछि मानिस सामान छुन बाध्य भए । सामान किनेपछि पसलेलाई पैसा दिनुपर्‍यो । केही दिन त मानिस खुद्रा पैसा बोकेर सामान किन्न गए तर खुद्रा पैसा पनि सकियो । अनि ३०० रुपैयाँको सामान किनेकाले ५०० रुपैयाँको नोट दिनुपर्‍यो । ७०० रुपैयाँको सामान किन्नेले हजारको नोट दिनुपर्ने अवस्था आयो । पसलेले पैसा बुझ्यो, आफ्नो मूल्य कटाएर बाँकी पैसा फिर्ता दियो । सामान पनि प्लास्टिकको झोलामा राखेर दियो । बाँकी पैसा फिर्ता लिनैपर्‍यो । के त्यति नगरिकन घरमा सामान आइपुग्छ ? कसैले भन्लान् – अनलाइन अर्डर गर्‍यो भने आइहाल्छ नि ! अनलाइन अर्डरबाट सामान हावामा उडेर घर आउने त होइन । सामान पुर्‍याउन कोही न कोही तपाईं–हाम्रो घरमा त आउनैपर्‍यो । त्यो व्यक्तिले सामान झोलामा बोकेर ल्याउनुपर्‍यो । उसले छुँदै नछोई सामान आफैं गएर झोलामा त बस्दैन होला ? अनि त्यसरी सामान ल्याउने मानिसमा कोरोना लागेको रहेछ भने ? आफैंले सामान रोजेर किन्दा, पैसा फिर्ता लिँदा वा प्लास्टिकको झोलामा राखेर सामान घर लैजाँदा कोरोना भाइरस सर्‍यो भने ? के यो प्रश्नसँग डराएर जीवन चल्छ ? 

के कोरोनासँग डराएर जीवन चल्छ ? कुनै चिज छुनै नहुने ? बाहिर निस्कनै नहुने ? कसैसँग बोल्नै नहुने ? देखभेट गर्नै नहुने ? १–२ दिन वा बढीमा १–२ हप्ता त यो सम्भव होला, अनिश्चितकालसम्म यसो गरिरहन सम्भव छ ?

हो, संसारका हजारौं, लाखौं, करोडौं र अर्बौं मानिस यतिखेर यहीँ प्रश्नको उत्तर खोजिरहेका छन् । निर्धक्कसँग पसल जाने, सामान मज्जाले रोजेर, छानेर किन्ने, फिर्ता आएको पैसा मजाले समात्ने, घर गएपछि साबुन पानीले हातधुने, सामानलाई तातोपानीले सफा गर्ने र बजारबाट ल्याएको प्लास्टिकको झोलालाई डस्टबिनमा फालिदिने । यति नगरी जीवन चल्दैन । यति गर्दा पनि कोरोना लागेछ भने लागिरहोस्, मुकाबिला गरौं । के यसो भन्नुको विकल्प छ ?

यस्तो तर्क गरिरहँदा कतिपयलाई लाग्न सक्छ – सामान किनेर घर गएपछि साबुन पानीले हात धुँदैमा, सामानलाई तातोपानीले सफा गर्दैमा वा प्लास्टिकलाई डस्टबिनमा फ्याँक्दैमा कोराना भाग्ने हो र ? घर गएपछि तपाईंले सबैभन्दा पहिला गेटको ढोका खोल्नुपर्छ । गेट खोल्ने काम साबुन पानीले हात धुनुअघि नै गर्नुपर्छ । त्यो गेटको ढोकाको ह्यान्डलमै कोरोना बस्यो भने ? ल मानिलिऔं, तपाईंले घरको गेटमा रहेको बेल थिचेर बाहिर कोही आएको सन्देश दिनुभयो र घरका कुनै सदस्य आएर ढोका खोलिदिए । अनि तपाईंले बेल थिच्दा त्यहीँ बेलमा कोरोना टाँसिएर बस्यो भने ? ल मानिलिऔं, बेल थिच्नुभएन । आफ्नो मोबाइलबाट घरका कुनै सदस्यलाई फोन गरेर गेट खोल्न अनुरोध गर्नुभयो । अनि तपाईंको मोबाइलमै कोरोना बस्यो भने ? 

शंका, आशंका, तर्क, कुतर्क र मनमा अनेक सोचाइ राख्दै जाने हो भने यस्ता प्रश्न कति उब्जन्छन् कति ? त्यसैले यो कोरोनासँग डराएर जीवन चल्दैन । निर्धक्कसँग आत्मबल बढाएर अघि बढौं ।

उद्योगधन्दा र कोरोना

कोराना फैलिन नपाओस् भनेर लागू गरिएको लकडाउनका कारण यतिबेला उद्योग, कलकारखाना, व्यापार, व्यवसाय ठप्प छन् । यसो हुँदा एकातिर वस्तु र विभिन्न सामानको उत्पादन हुन पाएको छैन भने अर्कोतर्फ हजारौं, लाखौं, करोडौं मानिस बेरोजगार भएका छन् । के पहिला कोराना भागोस् अनि उद्योग खोलौंला भनेर अनिश्चितकालसम्म कुरेर बस्ने ? के पहिला कोरोना भागोस् अनि रोजगारीमा जुटौंला भनेर सुतेर बस्ने ? के सुतेर लामो समयसम्म जीवन चल्न सम्भव छ ? बैंकमा भएको पैसाले १ महिना पुग्ला । मानिलिऔं २ महिना पुग्ला । अनि तेस्रो महिनादेखि ? आम्दानी नहुने, एकोहोरो खर्च मात्र हुने अवस्थाले कसरी थेग्न सकिन्छ ? आम्दानी र खर्चको सन्तुलन बिग्रियो भने तपाईंको बैंकमा भएको वा घरमा भएको नगद सकिन धेरै बेर लाग्दैन । जब तपाईंसँग भएको नगद सकिन थाल्छ अनि तपाईंमा छट्पटी हुन थाल्छ । मानिस तनावमा पर्न थाल्छ । कमजोर मुटु भएकालाई हृदयघातको सम्भावना रहन्छ । कोही मानसिक रोगी हुन सक्छन् । कोरोनाका कारण विश्वमा अहिले यही अवस्था आइपरेको छ र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि यस्तै विश्लेषण गरिरहेको छ ।

महिनौंदेखि बन्द अवस्थामा रहेका उद्योगधन्दा, कलकारखाना, एयरलाइन्स, एयरपोर्ट, राजमार्ग, होटल, रेस्टुरेन्ट, शपिङ मललाई अब खुलाउने कि कोरोना भागोस् अनि मात्र खोल्ने भनेर बस्ने ?  दैनिक हजारौं, लाखौं पर्यटक घुम्ने पर्यटकीय स्थल र त्यसैबाट जीवन गुजारा गर्ने लाखौं मानिसहरू आफूसँग भएको खानेकुरा सकिएपछि कहिले काम सञ्चालन होला भनेर व्यग्र प्रतिक्षामा छन् । चौबिसै घण्टा व्यस्त रहने, कहिल्यै नसुत्ने संसारका सुन्दर, भव्य र मस्त शहरमा मुर्दा शान्ति छाएजस्तै भएको छ । के यसरी जीवन चल्छ ? निश्चित सावधानी अपनाएर यी सबै व्यापार व्यवसायलाई सञ्चालन गर्नुको कुनै विकल्प छ ? के कोरोना सर्छ, फैलिन्छ भनेर यी सबै व्यापार व्यवसाय अनिश्चितकालसम्म ठप्प पारेर बस्ने ? के त्यसो गर्नु भनेको मानिस आत्महत्या गर्ने तहमा पुगून् वा मानसिक रोगी बनून् भन्नु होइन ?

स्कूल, कलेज, विद्यार्थी र कोरोना 

कोरोना भाइरसका कारण सबैभन्दा बढी समस्यामा परेको वर्ग विद्यार्थी र शिक्षा क्षेत्र हो । विद्यार्थीको दिमाग कोमल माटो जस्तै हुन्छ । स्कूल तहमा अध्ययन गर्ने विद्यार्थीलाई जीवनका विविध पाटासँग घुममिल हुन दिनैपर्छ । जस्तोः पढ्ने, खेल्ने, हिँड्ने, घुमफिर गर्ने । सुन्दा सामान्य लागेपनि यी विषयबाट वञ्चित गरिदिने हो भने विद्यार्थीको मस्तिष्क निष्क्रिय हुने खतरा रहन्छ तर लकडाउनका कारण संसारका लाखौं, करोडौं विद्यार्थी घरमा थुनिन बाध्य छन् । त्यो पनि १ दिन होइन, २ दिन होइन महिनौंसम्म ।

घरमा थुनिनु एउटा विषय भयो । ती विद्यार्थी घर बाहिर निस्कने, घुमफिर गर्ने, खेल्ने, शारीरिक क्रियाकलाप गर्ने कामबाट सम्पूर्ण रुपले वञ्चित भएका छन् । अब अनुमान गर्नस् – संसारका ती करोडौं कलिला मस्तिष्कको हालत के भएको छ होला ? उनीहरू कति छट्पटिएका होलान् ? उनीहरूको क्रियटिभिटी कति मरेको होला ? के अनिश्चितकालसम्म यसरी नै विद्यार्थीको जीवन चल्न सक्छ ? त्यसैले निश्चित सावधानी अपनाएर स्कूल, कलेज तत्काल खोल्नु आवश्यक छ र कोरोनासँग मुकाबिला गर्दै जानुको विकल्प छैन ।

ज्यालादारी मजदुर र कोरोना

कोरोना भाइरसका कारण यो संसारमा यदि कोही भोकै बस्नुपर्ने बाध्यतामा छन् वा खान नपाएर ज्यानै गुमाउने अवस्थामा पुगेका छन् भने ती दैनिक ज्यालादारी गर्ने मजदुर हुन् । खासगरी गरीब र विकासउन्मुख मुलुकमा यस्ता दैनिक ज्यालादारी मजदुरको संख्या धेरै भएको अनुमान गरिन्छ । उनीहरू दिनभर काम गर्ने, साँझ तलब बुझ्ने र साँझ–बिहानको छाक टार्ने वर्गमा पर्छन् । त्यस्ता मजदुरको न बैंक खातामा पैसा हुन्छ, न कुनै चल–अचल सम्पत्ति नै । उनीहरूको नियति नै दिनभर काम गरेर पेट पाल्ने हुन्छ । उनीहरू त्यसमै रमाएका हुन्छन्, अभ्यस्त हुन्छन् । अब भन्नुस् – सारा व्यापार, व्यवसाय महिनौंसम्म ठप्प हुँदा ती मजदुरको हालत के भएको होला ? अनुमान सहजै लगाउन सकिन्छ – सबैतिर सुनसान भएपछि उनीहरूले काम गर्न पाएनन् । काम गर्न नपाएपछि कमाउन सकेनन् । कमाउन नसकेपछि खान पाएका छैनन् । तिनका पीडा, व्यथा, दबिएका आवाजलाई आजको स्वार्थी दुनियाँमा मिडिया, सरकार वा बौद्धिक समुदाय कसैले प्राथमिकतामा राख्दैनन् । त्यसैले त्यस्ता ज्यालादारी मजुदरका पीडा व्यथाका कथा बिरलै चर्चामा आउँछन् । 

२ महिना व्यापार, व्यवसाय बन्द गर भन्ने अनि कर चाहिँ यति मितिभित्र बुझाऊ, नत्र कारवाही गर्छु भन्ने ? यो त केवल तानाशाही चरित्र बोेकेका सरकारले मात्र गर्छन् ।

कोरोना सिर्जित समस्या नियन्त्रणमा ल्याउन लागू गरिएको लकडाउनले संसारका विभिन्न स्थानमा थुप्रै त्यस्ता ज्यालादारी मजदुरले सायद ज्यान गुमाइसकेका हुन सक्छन् । खै तिनको लेखाजोखा ? खै त्यसबारे मिडिया रिपोर्ट ? खै सरकारहरू यसबारे बोलेको ? खै अनुसन्धानदाताले खोज गरेर रिपोर्ट बाहिर ल्याएको ?

मजदुरका पीरव्यथा बुझिदिनुपर्ने प्रमुख दायित्व त सरकारको हो । जिम्मेवार सरकार भएको देशमा त्यस्ता मजुदरलाई भोकै मर्न नदिने प्रयास भइरहेका खबर नआएका होइनन् तर हाम्रोमा चाहिँ राज्यले यो लकडाउनमा मजदुरको खोजखबर गरेको समाचार छैन । हाम्रो सरकारले त आँखामा पनि मास्क लगाएको छ, नाक र मुखमा मात्र होइन । जब राज्यले आँखामा मास्क लगाउँछ, त्यसपछि उसले मजुदरलाई देख्ने, तिनका पीडा–व्यथा सम्बोधन गर्ने सवाल कहाँ आउँछ र ? कोरोना भाइरस र लकडाउनका कारण खान नपाएर ज्यान गुमाउने अवस्थामा रहेका त्यस्ता मजदुरलाई बचाउने हो र उनीहरूको पेटमा अन्न पुर्‍याउने हो भने यो कोरोनासँग जिउन सिक्नुको विकल्प छैन । 

कर्मचारी, बौद्धिक वर्ग, कार्यालय र कोरोना

हाम्रा ‘विद्धान’ अर्थमन्त्री युवराज खतिवडाले फागुन, चैत, वैशाखको कर जेठ २५ गतेभित्र तिर्नैपर्ने नत्र कारवाही गर्ने निर्णय गरे । त्यसको चौतर्फी विरोध मात्र भएन सम्भवतः मन्त्री खतिवडाको रुखो कार्यशैली, अव्यावहारिक चरित्र र कदमलाई लिएर पहिलो पटक उनको अत्याधिक आलोचना भयो ।

लोकान्तर डट्कमले पनि खतिवडा स्टालिन शैलीमा अघि बढ्न खोजेको विश्लेषण प्रस्तुत गर्‍यो । व्यापक दबाब र विरोधपछि खतिवडा निर्णय सच्चाउन बाध्य भए । कर बुझाउने समय १५ दिन धकेल्न राजी भए । यो प्रसङ्ग यहाँ उल्लेख गर्न मैले यसकारण आवश्यक ठाने ताकि राज्य कति गैरजिम्मेवार, समाजका विभिन्न पेशा, व्यवसाय र वर्गप्रति कति उदासिन, निर्मम र अव्यावहारिक छ भन्ने बुझ्न सजिलो होस् ।

लकडाउन लगाएर जनतलाई घरमा थुन्ने । कोही अतिआवश्यक कामले घर बाहिर जान खोजे प्रहरीले बाटोबाटै फर्काइदिने । २ महिना व्यापार, व्यवसाय बन्द गर भन्ने अनि कर चाहिँ यति मितिभित्र बुझाऊ, नत्र कारवाही गर्छु भन्ने ? यो त केवल तानाशाही चरित्र बोेकेका सरकारले मात्र गर्छन् । हाम्रोजस्तो लोकतान्त्रिक व्यवस्था अभ्यास गरिरहेको समाजमा त्यो पाच्य हुने विषय थिएन । 

कोरोना भाइरस, लकडाउन र सामाजिक गतिविधिका कारण ठूला साना सबै व्यावसायिक घराना, विभिन्न पेशा व्यवसाय गर्ने वर्ग मारमा परेका छन् । कर्मचारीहरू काम गर्न कार्यालय जान पाएका छैनन् । यस्तो अवस्थामा उनीहरूको दैनिक प्रशासनिक काम त हुन सकेको छैन भने कर तिर्ने पैसा कसरी जम्मा गर्ने ? 

विभिन्न कार्यालय, व्यापारिक अड्डा र व्यवसायका सञ्चालक नै समस्या होलान् । हामी मध्ययमस्तरका मिडिया उद्यमीको व्यथा कम पीडादायी छैन । फागुनको तेस्रो हप्तादेखि कोरोना त्रास नेपालमा पनि व्यापक फैलियो । चैत ११ गते सरकारले लकडाउन लगायो । त्यसयता हाम्रो सञ्चार गृहले विज्ञापन वापतको बजारबाट उठाउनुपर्ने पैसा उठाउन पाएको छैन । विज्ञापनको मासिक बिल काट्ने काम प्रभावित छ । नयाँ बिजनेशको त कुरै छोडौं, भएको बिजनेश व्यापक गुमेको छ, कटौतीमा परेको छ । बैंक खातामा रहेको सीमित स्रोतले साथीहरूलाई तलब खुवाउनुपरेको छ ।

यो हाम्रो मात्र समस्या होइन, सबै सञ्चार गृहको हालत यही छ । सञ्चार गृहको मात्र होइन, सबै व्यापार व्यवसायको नियति उही छ । सिमेन्ट बेच्नेले सिमेन्ट बेच्न पाएको छैन । गाडी बेच्नेले गाडी बेच्न पाएको छैन । डण्डी बेच्नेले ग्राहक पाएको छैन । बैंकहरूले कारोबार गर्न पाएका छैनन् । होटल रेस्टुरेन्टमा ताला लागेका छन् । एयरलाइन्स, ट्राभल, टूर, अस्पताल र सार्वजनिक यातायातका साधन थन्किएको धेरै भयो । यसको सूची लामो हुन्छ । के यसरी लामो समयसम्म धान्न सकिन्छ ? अनि यसरी घरभित्रै गुम्सिएर बसेका व्यावसायिक कार्यालयले ५ दिनको सूचनाका आधारमा कर तिर्न सक्थे ? 

कसैले तर्क गर्लान्, ब्याज बुझाउने म्याद लम्बाएको छ नि ! के म्याद लम्बाउँदैमा बैंकले लकडाउन अवधिको सावाँ, ब्याज पूरै मिनाहा गर्ने भनेको हो र ? न बैंकले त्यसो गर्न सक्छ, न त्यसो गर भनेर भन्न नै मिल्छ ।

अब निश्चित सावधानी अपनाएर वा निश्चिन मापदण्ड बनाएर सबै व्यापार व्यवसाय यथाशक्य छिटो सञ्चालन हुनसक्ने वातावरण राज्यले निर्माण गर्नुपर्छ । होइन भने कोरोनाको रोगले होइन भोकले मानिस भकाभक ढल्न थाल्नेछन् ।

आत्महत्या, मनोरोग, निराशापन र कोरोना 

हुन त यस आलेखको बीचमा पनि कोरोना सिर्जित तनावले मानिसलाई कसरी सताउँदैछ भनेर संक्षिप्त चर्चा गरिएको छ तर यसलाई अझै ब्याख्या गर्नु जरुरी छ । करीब ३ महिनादेखि व्यापार व्यवसाय ठप्प हुँदा त्यसको बहुआयामिक असर परेको छ । यो दुनियाँमा बैंकबाट श्रण लिएर घर, गाडी, व्यापार, व्यवसाय सञ्चालन गर्नेको संख्या ठूलो छ । महिनामा करोडौंको ब्याज बैंकलाई तिरेर व्यवसाय गर्नेको संख्या ठूलो छ । लाखौंमा त हामीजस्ता व्यवसायी पनि बैंकलाई ब्याज तिर्ने गर्छौं । यसरी ब्याज तिर्नेे आधार भनेको महिनाभर मिहिनत गरेर कमाएको पैसा हो । व्यवसाय गर्ने, खर्च र आम्दानी गर्ने, त्यसबाट कर्मचारी, प्रशासनिक खर्च चलाउने र बैंकको ब्याज पनि तिर्ने गरिएको हुन्छ । अब महिनाको कुनै पनि दिन कार्यालय खोल्न नपाएपछि, कुनै व्यापार गर्न नपाएपछि त्यो बैंकलाई तिर्ने ब्याज बराबरको रकम कहाँबाट जुटाउने ? कसरी तिर्ने ? कसैले तर्क गर्लान्, ब्याज बुझाउने म्याद लम्बाएको छ नि ! के म्याद लम्बाउँदैमा बैंकले लकडाउन अवधिको सावाँ, ब्याज पूरै मिनाहा गर्ने भनेको हो र ? न बैंकले त्यसो गर्न सक्छ, न त्यसो गर भनेर भन्न नै मिल्छ ।

कतिपय साथीहरू तर्क गर्छन् – व्यापार भएन, व्यवसाय बन्द भयो भने बैंकबाट श्रण लिएर भएपनि कर्मचारीलाई तलब खुवाउनुपर्‍यो नि । मलाई यस्तो तर्क गर्ने यो संसारका सर्वाधिक मूर्ख लाग्छन् । कसैले बैंकबाट श्रण लिएर कर्मचारीलाई तलब खुवाउने जोखिम मोल्छ ? कुनै नयाँ व्यापार वा व्यवसाय शुरू गर्ने चरणमा त्यो गर्नु पनि पर्छ तर बिस्तारै कमाउँदै खर्च गर्दै जाने परिपाटि नै खुला अर्थतन्त्रको अभ्यास हो । कमाउन सकिँदैन भने व्यापार व्यवसाय बन्द गर्नुको विकल्प हुन्छ र ? अब महिनौंदेखि व्यापार व्यवसाय ठप्प हुँदा त्यसको सावाँ–ब्याज तिर्न नसक्ने भएपछि वा त्यसको बोझ बढेपछि उद्योगी व्यापारीसामु के बाँकी रहन्छ ? आत्महत्या ? मनोरोग ? कि राज्य यस्तै चाहन्छ ? होइन भने उद्योगी, व्यापारी र आम मानसिको यो समस्या बुझ्न राज्यले ढिला गर्नुहुन्न ।

... त्यसैले कोरोना अब साथी

साथी भन्ने शब्दको गहिरो अर्थ लाग्छ । मिल्नु, सम्बन्ध गाँस्नु र राम्रो–राम्रो गर्नु मात्रलाई साथी भनिँदैन । साथी–साथीमा गर्ने व्यवहारको गहिरो परिभाषा छ । एकले अर्को साथीलाई गर्ने व्यवहार असल हुनुपर्छ । साथीको चित्त दुखाउने, नराम्रो लाग्ने काम गर्न हुँदैन । जुन कुरा र विषयवस्तु मन पर्दैन भने त्यो आफ्नो साथीसँग तपाईंले पनि गर्नु हुँदैन । अनि मात्र असल मित्रता हुन्छ । अब कोरोना भाइरसको हकमा पनि यही सिद्धान्त लागू गर्नुको विकल्प देखिएन । जसरी आफ्नो साथीलाई मन नपर्ने व्यवहार हामीले गर्नु हुँदैन, त्यसरी नै कोरोना भाइरसलाई मन नपर्ने (जस्तै संक्रमितसँग मास्क नलगाई वा दूरी कायम नगरी बोल्ने, बस्ने, उठ्बस गर्ने, टाँसिने) व्यवहार गर्नु भएन । जसरी साथी–साथीबीच निश्चित सीमा हुन्छन् र ती सीमा नाघ्नासाथ सम्बन्ध धरापमा पर्ने खतरा रहन्छ । त्यसैगरी निश्चित सीमा कायम गरेर कोरोनासँग जिउन सिक्नुको विकल्प छैन ।

कोरोना भाइरससँग अब निश्चित सावधानी अपनाएर उठ्बस गर्न बानी बसाल्नुको विकल्प छैन । किनभने संसारका वैज्ञानिकले भनेजस्तै यो तत्काल हराउनेवाला पनि छैन र कहिले हराउँछ भन्ने यकिन छैन । कोरोना सकिएला र काममा फर्किउँला भनेर बस्यौं भने भाइरसले भन्दा भोकले मर्नेको संख्या बढी हुनेछ । त्यसैले आउनुहोस्, अब कोरोनालाई साथी बनाऔं ।

TATA Below
NLIC
बैशाख ११, २०७९

टाठाबाठाहरूले लोकतन्त्रलाई सरल स्वरूपलाई जटिल बनाइरहेका छन् । त्यसो गर्दा नै लोकतन्त्रका लाभहरू आफ्ना पोल्टामा पार्न सकिन्छ । वास्तवमा यो जटिल बनाइनुपर्ने विषय नै होइन, यो निकै सरल विषय हो । राष्ट्र सबै नागरिकक...

बैशाख १३, २०७९

१९ औं शताब्दीमा अन्य देशमा लुई पास्चर, माइकल फराडे, अल्फ्रेड नोबेलजस्ता महान वैज्ञानिक जन्मिँदा १७ औं शताब्दीबाट शुरू भएको गोर्खा साम्राज्य किन पुरातन युगमै बाँच्न बाध्य भयो ? हाम्रोमा त्यस्ता महान वैज्ञानिकहरू नै ज...

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

ad
x