थुनामा रहेका युवक हत्कडीसहित फरार

फाइल फोटो।

कैलालीमा हत्याको आरोपमा पक्राउ परेका एक अभियुक्त हत्कडीसहित फरार भएका छन्।

आफ्नै ७५ वर्षीया हजुरआमा पार्वतीदेवी ऐरको हत्या गरेको आरोपमा बुधबार पक्राउ परेका चुरे गाउँपालिका–६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर गएराति हत्कडीसहित थुनाबाट फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।


Advertisement

इलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने क्रममा हत्कडीसहित फरार भएको र उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको उनले बताए।

फलामको रड र धारिलो हतियार प्रहार गरी ऐरले मङ्गलबार हजुरआमाको हत्या गरेको आरोप छ। 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्