१४ वर्षीय बालिकाकाे विवाह ! बेहुलासहित पण्डित पक्राउ

प्रतिकार्यात्मक तस्वीर।

जिल्ला प्रहरी कार्यालय तनहुँले बालविवाह गराउन खोज्ने पाँच जनालाई पक्राउ गरेको छ। तनहुँको व्यास नगरपालिका-११ मा उमेर नपुगेकी १४ वर्षीय बालिकासँग विवाह गर्ने बेहुलासहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बेहुला गोरखा शहीद लखन गाउँपालिका-२ बस्ने २३ वर्षीय सन्तोष अर्याल, बेहुलाका बाबु, बेहुलीकी बाबु, आमा र विवाह गराउने पण्डित रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। 


Advertisement

नाबालिकाको विधिवत रुपमा बालविवाह हुँदै गरेको भन्ने सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाविरुद्ध बिहीबार जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रनाउ तिमिल्सिनाले जानकारी दिए।

'विधिवत तवरबाट विवाह मण्डप, जगिया तयार गरी बेहुलीको सिउँदोमा सिन्दुर हाली विवाह सम्पन्न भइसकेको रहेछ,' प्रनाउ तिमिल्सिनाले भन्नुभयो, 'बेहुली अन्माउने बेलामा पाँच जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।'


Advertisement

कमेन्ट गर्नुहोस्