नियमावली मस्यौदा समिति गठन

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यवाहक सदस्य–सचिव भक्तबहादुर ढकालको संयोजकत्वमा नियमावली मस्यौदा समिति गठन गरेको छ । 

मन्त्रालयले हाल खेलकुद विभाग महाशाखाका प्रमुख समेत रहनुभएका ढकालको संयोजकत्वमा सात सदस्यीय समिति बनाएको हो । 


Advertisement

समितिलाई एक महिनाभित्र नयाँ ऐनको कार्यादेश बनाउन मन्त्रालयले निर्देशन दिएको छ । उक्त समितिका सदस्यहरुमा मन्त्रालयको प्रशासन शाखा प्रमुख सागर रोक्का, आर्थिक प्रशासन शाखा प्रमुख नवराज घिमिरे र कानुनी शाखाका प्रमुख सिम्जा डङ्गोल छन्। यस्तै उक्त समितिमा राखेपको एक जना प्रतिनिधि, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट एक जना तथा एक जना विज्ञ रहने व्यवस्था गरिएको छ। 

खेलकुद विकास ऐन, २०७७ कार्यान्वनयमा आएपछि नियमावली मस्यौदा समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता मानबहादुर विकेले बताए। समितिले विभिन्न सरोकारवाला निकायसँग छलफल गरी नियमावली बनाउने छ । नयाँ खेलकुद विकास ऐन, २०७७  यही असार ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी हुन्।


Advertisement

कमेन्ट गर्नुहोस्