चीन, रुस र इरानसँग लड्न अमेरिकाले बनायो लेजर हतियार

चीन, रुस र इरानको जलसेनाबाट आउने चुनौतीको जवाफ फर्काउन अमेरिकी जलसेनाले उच्च प्रविधियुक्त लेजर हतियार बनाएको छ । 

सन् २०२३ सम्म जलसेनाले लेजर प्रतिरक्षा प्रणालीयुक्त सातवटा युद्धपोत बनाउने लक्ष्य लिएको छ । यसको एउटा परीक्षण गत मे महिनामा गरिसकिएको छ ।


Advertisement

ती हतियारको आडमा अमेरिकी जलसेनाको युद्धपोतले आकाशमा मार हान्ने क्षमता विकसित गरेको छ । 

यो उच्च ऊर्जायुक्त लेजर हतियार आँखाले देखिँदैन, सीधै लक्ष्यलाई ध्वस्त पार्छ । 


Advertisement

अमेरिकी जलसेनाको नेभल रिसर्च अफिसका वरिष्ठ प्राविधिक फ्र्यांक पिटरकिनका अनुसार, अप्टिकल ड्याजलिङ इन्डिकेटर नेभी लेजर डिफेन्स सिस्टमलाई अबको तीन वर्षमा युद्धपोतहरूमा जडान गर्ने योजना छ । 

लेजर हतियार परीक्षण अमेरिकी जलसेनाको प्रशान्त फ्लीटले गरेको थियो । 

सन् २०२० को शुरूआतमा चीनको नेभी डिस्ट्रोयरले अमेरिकाको मेरिटाइम पट्रोल एयरक्राफ्टलाई लेजर बीमले निशाना बनाएको थियो । त्यसैले अमेरिका अब जलसेनामा लेजर प्रविधिलाई अत्याधुनिक बनाउनका लागि अघि बढिरहेको छ । 

यस हतियारले आकाशमा कुनै क्षेप्यास्त्र वा लडाकू विमानलाई खसाउन लेजर बीमबाट निशाना लगाउँछ । यसलाई फ्लाइट आर्ले बर्क श्रेण्ीको डीवी, सान एन्टोनियो श्रेणीको डोक र लिट्टोरल युद्ध जहाजहरूमा जडान गरिने सम्भावना छ । 
 

एयरक्राफ्ट क्यारियर (विमानवाहक युद्धपोत) मा पनि यसलाई जडान गरिने सम्भावना छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्