चीनलाई चुनौती दिन जापानले घातक लडाकू विमान एफ–३५ अमेरिकासँग किन्ने

पूर्वी चीन सागरमा रहेको सेन्काकु टापुसमूहमाथिको आधिपत्यका विषयमा चीनसँग विवाद चलिरहेको बेलामा जापानले संसारको सबभन्दा घातक लडाकू विमान एफ–३५ अमेरिकासँग किन्ने भएको छ । 

अमेरिकाको परराष्ट्र मन्त्रालयले पाचौं पुस्ताको एफ–३५ गोप्य लडाकू विमान बिक्रीको अनुमति दिएको छ । 


Advertisement

जापानले अमेरिकासँग यस्ता १०५ वटा विमान किन्नका लागि २३.११ अर्ब डलर खर्च गर्ने भएको छ । चिनियाँ सेनाको अतिक्रमणलाई रोक्न जापानले लडाकू विमानहरू किन्ने इच्छा व्यक्त गरेको हो । 

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले जारी गरेको बयानमा भनिएको छ, ‘परराष्ट्र मन्त्रालयले फरेन मिलिटरी सेल अन्तर्गत १०५ वटा एफ–३५ लडाकू विमान र त्यससँग सम्बन्धित उपकरणहरू बेच्ने अनुमति दिएको छ ।’


Advertisement

जापान सरकारले ६३ वटा एफ–५ए र ४२ वटा एफ–३५बी लडाकू विमान किन्ने इच्छा समेत व्यक्त गरेको छ । अनि लडाकू विमानको इन्जिन पनि उसले किन्न खोजेको छ । 

यी लडाकू विमानहरूलाई जापानमा नै जोडजाड गरिनेछ । पाटपुर्जाहरूको आपूर्ति चाहिँ अमेरिकाले गर्नेछ । पोल्यान्ड र सिंगापुरले पनि अमेरिकासँग एफ–३५ विमान किन्न खोजिरहेका छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्