डिशहोमको फन्ड ट्रान्सफर मार्फत बार्षिक रिचार्ज गर्दा पाइने छ हरेक हप्ता नगद दुई लाख जित्ने मौका

डिशहोमले संचालन गरेकोे डिलर दाइको डिस्काउन्ट अफरलाई निरन्तरता दिइने भएकोछ । 

गत फागुन २ गते देखि सुरु भएको डिलर दाइको डिस्काउन्ट अफर ४४ हप्ताको लागि संचालन हुने भनिएको भएपनि ग्राहकहरुको अत्याधिक मागकाक ारण यो अफर जारी रहने डिशहोमले जनाएको छ ।


Advertisement

डिशहोमको देशभर रहेको बिक्रेता वा नजिकैको डिलर मार्फत फन्डट्रान्सफर वाट बार्षिक रिचार्ज गर्दा वीक्ली लक्की ड्रमा सहभागी हुन पाइनेछ । 

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०० र शोकेस २ च्यानल नम्बर १०१ र रमाईलो टिभीमा लाइभ लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनौट हुनेछन् ।


Advertisement

यो योजनाअनुसार २ जना विजेताहरुले प्रतिव्यक्ति  एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । 

डिशहोमले अव अनलाइनमार्फत ५ हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि वीक्ली लक्की ड्रमा सहभागी गराइने भएको छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्