यस्तो छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मंगलवारको उडान तालिका

फाइल तस्वीर

मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ वटा अन्तर्राष्ट्रिय उडान हुने नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

सोमवार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ उडान हुने जानकारी दिएको हो ।


Advertisement

प्राधिकरणको सूचना अनुसार नेपाल एयरलाइन्सको एक विमान बिहान ७ बजे चीनको कुनमिङ जाने र साँझ ५ बजे आउने तालिका रहेको छ ।

त्यसै माइ इन्डो एयरलाइन्स बिहान १० बजे थाइल्याण्डको बैंककबाट आउने १२ बजे फिर्ता हुने समय तालिका रहेको छ भने नेपाल एयरलाइन्सको अर्को विमान राति १० बजेर ४५ मिनेटमा कतारको दोहा जाने समयतालिका रहेको छ ।


Advertisement

त्यस्तै भारतको राजधानी दिल्लीबाट स्पाइस जेट बिहान साढे ११ बजे आउने र पौने १ बजे जाने तालिका रहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्