कोरियामा नेपाली श्रमिकको तलब बढ्याे

प्रतिकार्यात्मक तस्वीर।

दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ।

सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १ सय ३० कोरियन वाेन बढाएको हो। योसँगै नेपालीको पनि तलब बढेको हो।


Advertisement

मजदूर सङ्घका प्रतिनिधि, उद्योग सङ्घका प्रतिनिधि तथा सरकारी कर्मचारीको पटकपटकको बैठकले प्रतिघन्टा १ सय ३० वाेन अर्थात् हालको ज्याला अनुरुप १.५ प्रतिशत ज्याला वृद्धि गर्ने निर्णय गरेको हो।

निर्णयानुसार सन् २०२१ देखि प्रतिघन्टा आठ हजार ७ सय २० वोन पुग्ने छ।


Advertisement

अर्थात् अब कोरियामा रोजगारी गरिरहेका नेपालीको न्यूनतम ज्याला ८ सय ७० पुग्नेछ। महिनामा २ सय ९ घण्टा श्रम पूरा गर्ने मजदूरको न्यूनतम तलब १८ लाख २२ हजार ४ सय ८० वाेन लगभग एक लाख ८० हजार पुग्नेछ।

सन् २०२० लागि २.९ प्रतिशत वृद्धि भएको तलब यस वर्ष भने कम वृद्धि भएको हो। कोरोना महामारीका कारण कतिपय कम्पनी चल्न मुस्किल भएकाले पनि तलब वृद्धि कम हुन सक्ने बताइएको छ। 

कमेन्ट गर्नुहोस्