फेसबुकमाअश्लील शब्द प्रयोग गर्नुहुन्छ ? यस्ता गल्ती कहिल्यै नगर्नुहोस् !

हिजोआज सामाजिक सञ्जालबाट विमुख भएर बस्नै सकिँदैन । अनि फेसबुक धेरैले चलाइरहेका हुन्छन् र दिनभरी के के पोस्ट गरिरहन्छन् । 

फेसबुकमा केही पोस्ट गरेर फ्रेन्ड लिस्टमा भएका मानिसको ध्यान खिच्ने ध्येय सबैको हुन्छ। अनि लाइक र कमेन्टको अपेक्षा पनि हुन्छ । लाइक र कमेन्ट गन्दा राम्रो लाग्न सक्छ तर वास्तविकता भिन्नै हुन सक्छ । 


Advertisement


यहाँ हामी फेसबुकमा गर्नै नहुने गल्तीका बारेमा चर्चा गर्नेछौं ।

व्यक्तिगत सूचना शेयर गर्ने
फेसबुकमा केही पोस्ट गर्नुअघि राम्ररी समीक्षा गर्नुस् र पोस्ट बटन थिच्नुअघि कतिसम्मको व्यक्तिगत सूचना दिने भनी सोच्नुस् । नजिकैका साथीभाइ, परिवार वा सहकर्मीहरूसँग बिताएका क्षणको फोटो वा कुरा पोस्ट गर्नैपर्छ भन्ने छैन । 


Advertisement

रक्सी पिएको बेलामा पोस्ट गर्ने
रक्सी पिएर गाडी नचलाउन भनिए झैं फेसबुक चलाउँदा पनि रक्सी पिउनु हुँदैन । नशाको सुरमा जथाभावी कुरा पोस्ट हुन सक्छ । रक्सी पिएको बेलामा फेसबुक वा अन्य सामाजिक सञ्जालमा पोस्ट गर्न नमिल्ने सामग्री पनि पर्न सक्छन्। 

जो पायो त्यहीसँग फ्रेन्ड हुने 
तपाईंको फ्रेन्ड लिस्टमा ६०० मानिस छन् भन्दैमा तपाईंका ६०० साथी छन् भन्ने अर्थ लाग्दैन। त्यसैले नचिनेका जो पायो त्यहीलाई साथी नबनाउनुस् । तपाईंले व्यक्तिगत कुरा शेयर गर्ने प्ल्याटफर्म भएकाले कुनै सबैलाई त्यसको पहुँच दिनु ठीक छैन । 

घरको विस्तृत विवरण दिने
तपाईंको घरको ठेगाना, अफिसमा बिताउने समय लगायतका कुरा फेसबुकमा पोस्ट नगर्नुहोला । तपाईँमाथि निगरानी गर्नेका लागि त्यो गजबको खजाना हो । 

सन्तानका फाटो शेयर गर्ने
आफ्ना सन्तानको तस्वीर सकेसम्म कमै शेयर गरेको राम्रो हुन्छ । परिवारको फोटो राख्दा विस्तृत विवरण दिनुपर्दैन । बच्चाले के खान मन पराउँछन्, उनीहरूको विद्यालयको सूचना लगायतका कुरा कहिल्यै पोस्ट नगर्नुस् । 

सम्पत्ति देखाउने 
तपाईंले नयाँ कार किन्नुभयो, लटरी जित्नुभयो वा हालसालै ठूलो लगानी गर्नुभयो भने त्यसलाई फेसबुकमा हल्ला गर्नुपर्दैन । पैसाका कुरा प्राइभेट नै राखेको राम्रो । त्यस्ता कुरा पोस्ट गर्दा हुने दुष्परिणाम भयानक हुन्छन् । 

कसैलाई फेसबूक वा मेसेन्जरमा गालीगलौज गर्ने
कसैलाई पनि फेसबुकमा गाली गर्ने वा अश्लील शब्द प्रयोग गर्ने काम नगर्नुस् । तपाईंका गालीलाई स्क्रिनसट गरेर कसैले पछि तपाईं विरुद्ध त्यसलाई उपयोग गर्न सक्छ । 

एजेन्सी

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्