अन्तर बैंक एटीएम कारोवार गर्दा शुल्क नलाग्ने विशेष व्यवस्था आजसम्म मात्र

कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीसँगै २०७६ चैत्र ७ गतेदेखि अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्थामा बैंकहरूले रिभ्यु गर्ने भएका छन् । 

नेपाल बैंकर्स संघ, डेभलभमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधवार संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रायः बैंक तथा वित्तिय संस्था खुलेका र आवागमन खुकुलो भइसकेको भन्दै अन्तर बैंक एटीएमबाट कारोबार गर्दा शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंकले नै गर्ने जनाएका हुन ।  


Advertisement

‘२०७७ साउन १ गतेदेखि विद्युतीय कारोबार तथा नगद झिक्न अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निर्धारण गर्ने बेहोरा अनुरोध गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ । 

हेर्नुहोस्, विज्ञप्ति :


Advertisement


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्