सूर्य नेपालद्वारा गण्डकी प्रदेशको कोरोना कोषमा १ करोड सहयोग

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

कोरोनाभाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिएपछि गण्डकी प्रदेश सरकारले यसविरुद्ध लड्न स्थापना गरेको कोरोना राहत कोषमा सहयोग आउने क्रम जारी छ । 

यसैक्रममा सूर्य नेपाल प्रालिले एक करोड रुपैयाँ सहयोग गरेको छ । 


Advertisement

कम्पनीका वाणिज्य प्रमुख गौतम यादवले एक करोड बराबरको चेक रकम प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण गरेका छन् ।

सामाजिक उत्तरदायित्वस्वरूप सो रकम सहयोग गरिएको यादवले बताए ।


Advertisement

सो अवसरमा मुख्यमन्त्री गुरुङले उक्त सहयोगप्रति आभार व्यक्त गरे । 

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्