यस शताब्दीको मध्यसम्ममा विश्व जनसंख्या घट्ने प्रक्षेपण

यस शताब्दीको मध्यसम्ममा विश्वको जनसंख्या घट्ने र त्यसले आर्थिक शक्तिमा परिवर्तन ल्याउने मेडिकल जर्नल द ल्यान्सेटले लेखेको छ । 

ग्लोबल बर्डन अफ डिजीज स्टडीका लागि गरिएको भविष्यवाणी विश्लेषणको आँकडाअनुसार, सन् २०६४ सम्ममा विश्वमा ९.७ अर्ब मानिस हुनेछन् तर सन् २१०० पुग्दासम्म त्यो संख्या ८.८ अर्बमा झर्नेछ । 
 


Advertisement

त्यतिखेरसम्म विश्वव्यापी रूपमा ऊर्वरता दर घट्नेछ किनकि आधुनिक गर्भनिरोधक विधिको उपयोग बढ्नेछ र महिलाहरूको शिक्षामा पनि वृद्धि हुनेछ । 

जापान, स्पेन र इटली लगायतका २३ देशको जनसंख्या आधाभन्दा कम हुने अनुसन्धानको निष्कर्ष छ । 


Advertisement

चीन लगायतका ३४ देशको जनसंख्या ३४ प्रतिशतले घट्नेछ । 

यो प्रवृत्ति सबसहारा अफ्रिकाको हकमा लागू हुने छैन । त्यहाँ चाहिँ जनसंख्या तीनगुणा बढ्नेछ र मृत्युदर घट्नेछ । अनि बच्चा जन्माउने उमेरमा पुगेका महिलाको संख्या बढ्नेछ । 

नेपाल लगायत दक्षिण एसियाका मुलुक साथै दक्षिणपूर्वी एसियाका मुलुकमा जनसंख्या वृद्धिदर घट्नेछ भने अफ्रिकी मुलुकहरू जनसंख्याको सवालमा अघि बढ्नेछन् । 

भारतको जनसंख्या लगभग ३० करोडले घट्ने भए पनि एक दशकभित्र ऊ संसारको सबभन्दा बढी जनसंख्या भएको मुलुक बन्नेछ र सन् २१०० सम्म पहिलो स्थानमा नै रहनेछ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्