म्याग्दीका फाँटैभरि छपक्कै सलह, ६ लाखकाे हाराहारीमा रहेकाे अनुमान

फाइल फोटो।

दुई साताअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह मङ्गलबार र बुधबार तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ।

मंलबार भित्रिएको सलहले बुधबार पनि बालीनाली नष्ट गरेपछि यहाँका कृषकहरु चिन्तित भएका छन् ।


Advertisement

पश्चिम म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकाको सिंगा, भकिम्ली, बगरफाँट, रत्नेचौर, पुलाचौरलगायतका गाउँहरुमा लगाएको मकै र धान बाली सलहको झुण्डले नष्ट गरिदिएको किसानहरुले बताएका छन्।

सलहले मकै, धान र कोदो, सुन्तला, केरा र वनका रुखको पात खाएर नष्ट गरेको तोराखेतका  कृषक सागर खत्रीले  बताए। '‘चार-पाँच लाखभन्दा धेरै सङ्ख्यामा भित्रिएको सलहले गाउँ नै छोपेको छ,’ उनले भने ‘भगाउने प्रयास गर्दा गर्दै बाली र बोट बिरुवाको पात नष्ट गरेको छ ।’'


Advertisement

बालीमा पसेको सलहलाई धपाउनका लागि स्थानीयले टिन, थाल ठटाउनुका साथै  ध्वनि निकालेर भगाउने प्रयास गरेपनि सफल नभएको खत्रीले बताए। बुधवार बिहानै खेतबारीमा देखिएको सलहले सबैभन्दा बढी मकै बालीमा क्षति पु-याएको छ । सलहले तरकारी र लहरेबालीमा समेत क्षति पु¥याएको स्थानीयले बताएका छन्।

पश्चिम म्याग्दीमा सबैभन्दा धेरै सलह देखिएको छ। बाढी पहिरोले वितण्डा मच्चाइरहेको अवस्थामा खेतबारीमा सलह देखिएपछि स्थानीय चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रले सलह प्रवेश गरेपनि क्षतिको विवरण प्राप्त भई नसकेको जनाएको छ । दुई हप्ताअघि म्याग्दीको लुलाङ, मुना, बगर, मुदी, सिस्नेरी, घार, सिङ्गा, भकुण्डेलगायतका क्षेत्रमा सहल पानी परेपछि हराएको थियो। 

कमेन्ट गर्नुहोस्