गृहमन्त्री थापाले भने- बाढीपहिरो प्रभावितहरुको उद्धार र पुनर्स्थापनामा कुनै कमी हुँदैन

गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो प्रभावितहरुको उद्धार, राहत एवं पुनःस्थापनमा कुनै कमी नगरिने बताएका छन्।

जाजरकोट जिल्लाबाट प्रतिनिधित्व गर्ने वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलगायत जनप्रतिनिधिसँगको भेटमा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। 


Advertisement

जाजरकोटमा बाढीपहिरोबाट पीडितको उचित व्यवस्थापनको माग गर्दै उनहरुले बुधबार गृहमन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका थिए।

ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले बाढी र पहिरो प्रभावितको उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएकोसमेत जानकारी दिए।


Advertisement

उनले बाढीपीडितका लागि तत्काल आधारभूत आवश्यकता पूर्ति गरिसकेपछि पुनःस्थापन र पुनःनिर्माणको कामलाई तिव्रता दिने जानकारी गराए। मुलुकभर पछिल्लो एक महिनामा पहिरोबाट मात्रै ९७ जनाको मृत्यु भइसकेको छ । त्रिचालीस जना बेपत्ता छन्। सरकारले बेपत्ताको खोजी तथा राहत र उद्धारको कामलाई तीव्रता दिँदै आएको छ। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्