शुरू भयो प्रदेश प्रहरी भवन निर्माण

वाग्मती प्रदेश प्रहरी भवन निर्माण योजनाअन्तर्गत रु ३१ करोडको लागतमा हेटौंडामा वाग्मती प्रदेश प्रहरी कार्यालय भवन निर्माण प्रक्रिया अगाडि बढेको छ ।

कार्यालय भवन  साढे चार तलाको १२२ कोठाको सुविधासम्पन्न हुने जनाइएको छ  । 


Advertisement

कार्यालयका प्रहरी नायब महानिरीक्षक वसन्त लामाले तीन वर्षमा सम्पन्न गरिने उक्त  भवनको निर्माण ठेक्कामार्फत् गरिने जानकारी दिए । हाल त्यहाँको भवन जीर्ण भइसकेको छ ।

भवन निर्माण वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा निर्माण भइरहेको  जनाइएको छ । 


Advertisement

मन्त्रालयका अनुसार  प्रदेशअन्तर्गत करीब तीन दर्जन प्रहरी भवन निर्माण  भइरहेको छ । कतिपय स्थानमा निर्माण भइरहेको तथा कतिपय स्थानमा प्रक्रिया अगाडि बढाइएको छ ।

गोरखा भूकम्पले क्षतिग्रस्त र जीर्ण तथा प्रहरी भवन नभएको स्थानमा भवन निर्माण भइरहेको बताइएको छ  ।

प्रदेश प्रहरी कार्यालयले प्रहरीलाई अनुशासित गराउन विशेष अभियान शुरू गरेको छ ।

घुस लिने र दिने दुवैलाई कारवाही गरिएको  प्रहरी नायब महानिरीक्षक लामाले जानकारी दिए ।

साथै अपराध नियन्त्रण तथा लागूऔषध नियन्त्रण कार्य पनि प्रभावकारी रुपमा अगाडि बढाएको उनको भनाइ छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्