कोरोना संक्रमणबारे देउवा, महन्थसहितका नेता र जनस्वास्थ्य विज्ञहरूको सुझाव लिँदै प्रधानमन्त्री ओली

लकडाउन खुले पनि देशभर कोरोना संक्रमणको दर नघटेपछि भावी रणनीतिका लागि सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले दलका नेता र जनस्वास्थ्य विज्ञहरूलाई बालुवाटार बोलाएका छन् ।

पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेता र जनस्वास्थ्यविज्ञहरू छलफलमा सहभागी छन् । 


Advertisement

साउन ७ गते सरकारले लकडाउन खुलेको घोषणा गरेको थियो । त्यसयता संक्रमणको ग्राफ बढिरहेको छ । फेरि लकडाउन हुने हो कि भनेर जनतामा त्रास फैलिएको स्थिति छ ।


Advertisement

सरकारले जनस्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराउन सकेको छैन भने आम नागरिकको तहबाट पनि सुरक्षाका उपायहरू अपनाएको देखिँदैन ।

शहरी इलाकाहरूमा भीड बढेको छ, सार्वजनिक यातायात चल्न थालेका छन् ।

यही सन्दर्भमा कुरा गर्न प्रधानमन्त्री ओलीले जनस्वास्थ्य विज्ञहरूलाई बालुवाटार बोलाएका हुन् । 

छलफलमा आमन्त्रण गरिएका जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षितले लक-डाउनको विकल्पमा जानुपर्ने बताए ।

'मैले नवसामान्यीकरणतिर जानुपर्छ भनिरहेको छु,' डा. दीक्षितले लोकान्तरसँग भने, 'जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर सबै आर्थिक गतिविधि चल्न दिनुपर्छ । फेरि लक-डाउन गर्नु व्यावहारिक हुँदै हुँदैन । यही कुरा प्रधानमन्त्रीलाई मैले राख्नेछु ।'

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्