बालुवाटारमा ओलीलाई देउवाको सुझाव– 'मास्क प्रयोग अनिवार्य, मुख छोपेर हिँडने बानी पार्नुपर्‍यो'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक व्यक्तिलाई सामाजिक दूरी कायम गर्न र मास्क लगाउन कडाई गर्नुपर्ने बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार विज्ञहरूसहित आयोजना गरेको परामर्श बैठकमा देउवाले मुख छोपेर हिँड्न बानी पार्नुपर्ने बताएका हुन् । कोरोना संक्रमण फैलिएपछि ओलीले विज्ञहरूसँग परामर्श गरेका छन् । 


Advertisement

‘लकडाउन गर्ने नगर्ने कुरा समुदायमा संक्रमणको स्तर हेरेर गर्न सकिन्छ, तर हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नुपर्‍यो । मुख छोपेर हिँड्न बानी पार्नुपर्‍यो,’ बैठकमा देउवाको भनाइ थियो । 

प्रधानमन्त्री ओलीको सचिवालयका मिडिया विज्ञ रामशरण बजगाईंका अनुसार बैठकमा ओलीले कोरोना संक्रमण नियन्त्रणमा सरकारको नियमित कामका अलावा जनतामा जनचेतना जगाउनु जरुरी रहेको बताएका थिए । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्