नेशनल पेमेन्ट गेटवे यथाशीघ्र कार्यान्वयनमा आउने

उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट वक्तव्य एवम् मौद्रिक नीतिमा उल्लिखित व्यवस्था कार्यान्वयनको तयारी लगायतका विषयमा छलफल गरेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा सम्पन्न बैठकले घरेलु, साना तथा मझौला उद्यम एम् कोरोना प्रभावित पर्यटन व्यवसायमा श्रमिक–कर्मचारीको पारिश्रमिक भुक्तानी व्यवसाय सञ्चालनका लागि खडा गरिने कोष, नेपाल राष्ट्र बैंकबाट सञ्चालनमा आउने पुनर्कर्जा कोषको व्यवस्थापन र सञ्चालन, लघु बीमा तथा कोरोना रोगको बीमा सम्बन्धी विषयमा छलफल भएको हो।


Advertisement

सरकारी ऋणपत्रको अभौतिकीकरण एवम् दोस्रो बजार कारोबार तथा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि. तथा सिडिएस एण्ड क्लियरिङ्ग लिको पुनर्संरचना, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि एवम् हेजिङ्ग सम्बन्धी नियमावली संशोधनबा विषयमा छलफल भएको हो। 

नेशनल पेमेन्ट गेटवे सञ्चालन लगायतका बिषयको यथाशीघ्र कार्यान्वयनका लागि सबै निकायहरुले आ–आफ्नो जिम्मेवारीको कार्य सम्पन्न गरी अर्को बैठकमा प्रगति सहित उपस्थित हुने बारेमा निर्देशन भएको अर्थमन्त्रालयले जनाएको छ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्