आलिया भट्टको सडक २ को ट्रेलर सार्वजनिक, कमायो सर्वाधिक डिसलाइक (भिडियो)

यूट्युबमा सडक २ फिल्मको ट्रेलर सार्वजनिक भएलगत्तै ५ लाख ७० हजारवटा डिसलाइक पाएको छ । ट्रेलरले जम्मा ५५ हजार लाइक पाएको छ । 

इन्टरनेट प्रयोगकर्ताहरूले यसलाई सर्वाधिक डिसलाइक गरिएको ट्रेलर घोषणा गरेका छन् । 


Advertisement

सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा चर्केको नातावादको बहसले यस फिल्मको प्रोमोसनलाई असर पारेको छ । सडक २ महेश भट्टले निर्देशन गरेका हुन् र फिल्ममा आलिया भट्ट तथा सञ्जय दत्त प्रमुख भूमिकामा छन् । फिल्म नातावादबाट जन्मिएको आरोप लगाइएको छ । 

बुधवार बिहान ट्रेलर रिलीज हुनेबित्तिकै यूट्युबमा डिसलाइक बटन व्यापक मात्रामा थिचिएको थियो । अनेकौं प्रयोगकर्ताको ट्वीट हेर्दा उनीहरू ट्रेलर जस्तो भए पनि डिसलाइक बटन थिच्न तम्तयार भएर बसेको देखिन्थ्यो । 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्