पत्रकार बलराम बानियाँ मृत फेला

कान्तिपुर दैनिकमा सहायक सम्पादक पदमा कार्यरत पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् ।

२ दिनदेखि बेपत्ता रहेका बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् आयोजना क्षेत्रमा फेला परेको प्रहरीलाई उद्धृत गर्दै कान्तिपुरले समाचार लेखेको छ ।


Advertisement

समाचारमा जनाइएअनुसार उनी सोमवार दिउँसो बल्खुबाट सम्पर्कविहीन भएका थिए । उनको जुत्ता हिलोमा अड्किएको अवस्थामा बल्खुमा नै भेटिएको थियो ।

उनलाई बल्खु खोलामा खसेको देखेका स्थानीयले तत्काल उद्धारको पहल पनि गरेको समाचारमा जनाइएको छ ।


Advertisement

त्यतिबेला बल्खु खोलामा खसेका व्यक्तिको पहिचान हुन सकेको थिएन । बुधवार शव भेटिएपछि सनाखत भएको हो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्