गौतमबुद्ध विमानस्थलका कार्यालय सहयोगीविरुद्ध चार लाखकाे भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र महेन्द्रप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

चार लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।


Advertisement

विमानस्थल आयोजनाले अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै  सेवाग्राहीसँग चार लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध मुद्दा चलाइएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्